रारा राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज

  • रारा राष्ट्रिय निकुञ्ज
  • रारा राष्ट्रिय निकुञ्ज
  • रारा राष्ट्रिय निकुञ्ज
  • रारा राष्ट्रिय निकुञ्ज
  • रारा राष्ट्रिय निकुञ्ज
  • रारा राष्ट्रिय निकुञ्ज

रारा राष्ट्रिय निकुञ्जद्वारा ३८ लाख राजश्व सङ्कलन

16 August, 2019 16:22 | अर्थ | comments | 7650 Views

रारा राष्ट्रिय निकुञ्ज

आर्थिक वर्ष २०७५-७६ मा मुगुको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले रु ३८ लाख राजश्व सङ्कलन गरेको छ । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्क, दण्ड जरिवाना, काठ पुर्जी, ढुङ्गा, बालुवा, गिट्टी तथा तालमा डुङ्गा चलाएको २० प्रतिशत रकमबापत उक्त राजश्व सङ्कलन गरिएको हो ।

adsads

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त संरक्षण अधिकृत यज्ञराज रोकायाका अनुसार गत आवमा ४६५ बाह्य तथा १२ हजारभन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आएका थिए । बाह्य पर्यटकका लागि रारामा प्रवेश शुल्क पहिलेदेखि नै लागू गरिएको थियो । “आन्तरिक पर्यटकका लागि गत कात्तिकदेखि प्रवेश शुल्क लिन थालिएको हो”, रोकायाले भन्नुभयो ।

गत कात्तिकदेखि आन्तरिक पर्यटकलाई प्रतिव्यक्ति रु १०० तथा बाह्य पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार ३९० प्रवेश शुल्क तोकिएको छ । सार्क राष्ट्रको नागरिकका लागि प्रवेश शुल्क रु एक हजार ५०० तोकिएको छ । कर्णाली राजमार्गको स्तरोन्नति नहुनु र रारा विमानस्थलमा हवाईसेवा नियमित नभएका कारण पर्यटकको आगमनमा कमी आएको रोकायाले बताउनुभयो । रारामा पर्यटकको सङ्ख्या बढाउन र पर्यटन वर्ष २०२० लाई सफल बनाउन रारामा सुविधा सम्पन्न होटेल बनाउनु पर्ने, आसपासमा रहेको अन्य पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नुपर्ने, पर्यटकको बसाई लम्बाउन रारालाई पर्यापर्यटनका साथै धार्मिक पर्यटनमा जोड दिनुपर्ने पर्यटन व्यवसायी पूर्णादेवी बम बताउनुहुन्छ ।

‘रारा’क्षेत्रका होटल भरिभराउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
रारा राष्ट्रिय निकुञ्ज

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पत्रकार पुडासैनी

फेसबुक

पत्रकार पुडासैनी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!