राष्ट्रपतिको रातो कार्पेटमा हिंड्ने रातो कार्पेटमा सर्प कुदेपछि

15 March, 2019 21:14 | जन सरोकार | comments | 57750 Views

राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिकाको पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । उहाँ स्वदेश फर्कने क्रममा स्वागतार्थ त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा ओछ्याइएको रातो कार्पेटमा सर्प निस्किएपछि खैलाबैला र भागाभाग भयो ।

adsads

राष्ट्रपतिको स्वागतका लागि विशिष्ट व्यक्ति विमानस्थल पुगिसकेका थिए ।राष्ट्रपतिको स्वागतका लागि सबै तयारी पूरा भइसकेको थियो । विमानस्थलमा राष्ट्रपति हिँड्नका लगि रातो कार्पेट ओछ्याइएको थियो । राष्ट्रपति आउने भनेपछि सञ्चारकर्मीहरु पनि समयमै पुगिसकेका थिए ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल, मन्त्रीहरुलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

रेड कार्पेटमा राष्ट्रपति हिँडेको फोटो खिच्न पुगेका फोटो पत्रकार तथा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीकै अगाडि रातो कार्पेट हुँदै एउटा सर्प निस्कियो । सर्प देखेपछि सबै आत्तिए त कोही फाटो खिच्न थाले । धेरै मान्छे र होहल्लाबाट सर्प डराएर नजिकैको झाडीमा पस्यो ।

राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’ को वुमन इन पावर कार्यक्रममा भाग लिएर शुक्रबार अपरान्ह स्वदेश फर्किनुभएको हो । उहाँ गत आइतबार न्यूयोर्क प्रस्थान गर्नुभएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

फेसबुक

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!