राष्ट्रपति विद्यादेवी भण्डारीराष्ट्रपति विद्यादेवी भण्डारी

  • राष्ट्रपति विद्यादेवी भण्डारी
  • राष्ट्रपति विद्यादेवी भण्डारी
  • राष्ट्रपति विद्यादेवी भण्डारी
  • राष्ट्रपति विद्यादेवी भण्डारी
  • राष्ट्रपति विद्यादेवी भण्डारी
  • राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपतिबाट प्रमाणिकरण भयो विवादित राहदानी विधेयक

14 October, 2019 22:01 |राजनीति | comments | 6750 Views

    राष्ट्रपति विद्यादेवी भण्डारी

    राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित तीन विधेयक सोमबार प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको तथा वनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

    adsads

    संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको सेफगाड्स, एन्टी (डम्पिङ तथा काउण्टरभेलिङ) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    यसअघि राष्ट्रपति भण्डारीले प्रमाणीकरणका लागि पठाइएको विधेयक संसदमा फिर्ता पठाइदिनुभएको थियो ।राष्ट्रपतिबाट फिर्ता भएको झण्डै एक वर्षपछि गत भदौमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधिसभा बैठकमा पेश गर्नुभएको थियो ।

    राहदानी विधेयक प्रतिनिधिसभाले गत वर्ष १० असोजमा पारित गरेको थियो भने भोलिपल्टै राष्ट्रिय सभामा टेबल गरिएको थियो । तर, राष्ट्रिय सभाको प्रक्रियामै रहेको विधेयक दुई महिनाभित्र फिर्ता नआएको भन्दै सभामुख कृष्णबहादुर महराले वैशाख २५ गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएपछि राष्ट्रिय सभाको भूमिकालाई बेवास्ता गर्दै प्रतिनिधिसभा एक्लैले पारित गरी प्रमाणीकरणका लागि पठाएपछि उक्त विधेयक विवादित बनेको थियो ।

    त्यसैले राष्ट्रपति भण्डारीले गत जेठ २६ गते विधेयकलाई पुनर्विचारका लागि संसदमा फिर्ता पठाइदिनुभएको थियो । संविधानको धारा ११३ (२)मा विधेयक पुनर्विचार हुन आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा पेश भएकोे १५ दिनभित्र सदनमा फिर्ता पठाउन सक्ने प्रावधान छ । राष्ट्रपतिले फिर्ता गरेको विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने हुन्छ । दुवै सदनले पारित गरी पुनः राष्ट्रपतिसमक्ष विधेयक पठाउनुपर्ने संवैधानिक व्यवस्था छ । दोस्रोपटक पठाइएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।

    राष्ट्रपतिले ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको हो ।

    यस्ता छन् राष्ट्रपतिबाट राहदानी विधेयक फिर्ता पठाउनुका कारण

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    राष्ट्रपति विद्यादेवी भण्डारी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!