कांग्रेस सभापति देउवा कांग्रेस सभापति देउवा

  • कांग्रेस सभापति देउवा
  • कांग्रेस सभापति देउवा
  • कांग्रेस सभापति देउवा
  • कांग्रेस सभापति देउवा
  • कांग्रेस सभापति देउवा
  • कांग्रेस सभापति देउवा

राष्ट्रपतिलाई राजा महाराजाको हैसियत दिएको भन्दै संशोधन प्रस्ताव दर्ता

4 May, 2019 21:49 | राजनीति | comments | 13500 Views

कांग्रेस सभापति देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्टूपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्दा मेरो सरकार भनेकोमा आपत्ति जनाउँदै सरकारले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको आरोप लगाएको छ ।

कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले मेरो सरकार भन्ने शब्दावली प्रयोग गर्नु सैद्धान्तिक रुपमा गल्ती भएको ठहर गर्दै त्यसमा संशोधन हालेको छ ।

adsads

शनिबार संसदीय दलको बैठक लगतै प्रमुख सचेतक बालकृष्ण खाड, सांसदहरु मिनेन्द्र रिजालसहित २४ सांसदले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई राजा महाराजाको जस्तो गरी कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिएको आरोप लगाउँदै सरकारको नीति तथा कार्यक्रममा प्रयोग भएको भाषा संशोधन गरिनुपर्ने ठहर गरेको थियो । ।

त्यस्तै कांग्रेसले नीति तथा कार्यक्रमलाई साधन स्रोत बिनाको पुलिन्दाको संज्ञा दिएको छ । स्थानीय सरकारलाई क्रियाशिल गराउने भन्दा राजकीय शक्तिलाई केन्द्रीकृत गर्ने ढंगको नीति तथा कार्यक्रम आएको उसको दाबी छ ।

सरकारको नीति तथा कार्यक्रमले नेपाली नागरिकको जीवनलाई परिर्वतन गर्न नसक्ने निष्कर्ष कांग्रेसले निकालेको छ । साधन स्रोत बिनाको एउटा पुलिन्दा, जसले सपना बाँड्न सक्छ तर, यथार्थ रुपमा आम नेपाली नागरिकको जीवनलाई परिर्वतन गर्न नसक्ने उसको ठहर छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कांग्रेस सभापति देउवा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More