“राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु विद्यादेवी भण्डारीको सरकार भनेको हैन”

4 May, 2019 11:50 | राजनीति | comments | 27150 Views

सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । अत्यन्त महत्वकांक्षी सपना बाँडिएको नीति तथा कार्यक्रमलाई लिएर आलोचना त भएको छ नै यससंगै कार्यक्रम वाचन गर्दा राष्ट्रपतिले प्रयोग गरेको शब्दलाई लिएर समेत आलोचना भएको छ ।

adsads

शुक्रबार संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिनसक्दै आलोचनाका बाढी लागे सामाजिक सञ्जालमा । विशेष गरी उहाँले ‘मेरो सरकार’ भनेकोप्रति धेरैको आपत्ति थियो ।

सरकारको नीति तथा कार्यक्रममाथिको शंका र आलोचना एकातिर रह्यो भने राष्ट्रपतिको वाचनको आलोचना अर्कोतिर । राष्ट्रपतिले ‘मेरो सरकार’ले गर्नेछ भनेको विषयलाई लिएर आलोचना भएपछि अन्तर्राष्ट्रिय कानुनका ज्ञाता डा. युवराज संग्रौलाले सामाजिक संजाल फेसबुकमार्फत यसबारेमा लामो विश्लेषण गर्नुभएको छ ।

जुन यस प्रकार छ

समाजमा सभ्यताको अपेक्षा गर्नेले पहिला आफू सभ्य हुनु पर्छ। सन्दर्भ रास्ट्रपतिले “मेरो सरकार” भनेको कुरामा। के गल्ती भो “रास्ट्रपति ले मेरो सरकार भन्दा”? रास्ट्रपतिलाई राज्यको प्रमुख मानिन्छ, संबिधानले पनि तेहि मानेको छ। तर बिगत केही बर्षमा मौलाएको अराजकताले नेपालीहरुलाई फोहोरि बनाएको प्रतीत हुन्छ। देशका सर्बोच्च पदप्रती मर्यादा गर्ने नसक्ने हामीले, स्वतन्त्र रास्ट्र भनी कुर्लिनुको आधार के हो?

१. राजा संबैधानिक थिए, तर उनी पनि “मेरो सरकार भन्ने गर्थे।” किन आपत्ति भएन? राष्ट्रपति देशको प्रमुख हो, उन्ले “मेरो सरकार” भन्दा के गल्ती भयो? ठुलठुला पत्रीका चलाउने मित्रहरु बताइदिनुहोस, राष्ट्रपतिले मेरो सरकार भन्न कुन कानुन र संबिधानको कुन धाराले रोकेको छ?

२. राष्ट्रपति राज्य प्रमुख भएको हुनाले, राज्यको सरकारलाई राष्ट्रपतिले मेरो सरकार भन्दा, बिद्यादेबि भण्डारीको सरकार भनेको होइन, राज्यको सरकार भनेको हो भनेर बुज्न पनि कसैले पढाउनु पर्ने? संसदमा राष्ट्रपतिको सम्बोधनमा राज्य बोलेको हो भन्डारी बोलेको होइन। “राज्यले” मेरो सरकार भनेको हो। राष्ट्रपतिलाई त फौजदारी दाइत्वबाट पनि मुक्ति दिएको हुन्छ।

३. प्रधानमन्त्री लगाएत राज्यका सबै पदहरु राष्ट्रपति समक्ष सपथ लिए पछि क्रीयासिल हुन्छ्न । संकटकालमा राष्ट्रपतिले नै देशको जीम्मा लिनु पर्छ। राष्ट्रपति कमान्डर इन चिफ पनि हो। तेसैले उसलाइ राज्यको संरक्षक मानिन्छ। उन्ले नीति तथा कार्यक्रम प्रस्तुत गरेको सरकारलाई मार्गनिर्देशन दिएको हो। तेसैले “मेरो सरकार” भनेको “नेपालको संबिधान अन्तरगतको सरकार” भनेको हो। अल्पज्ञान खतरनाक हुन्छ।

४. हामीले यो बुज्नु पर्छ, हामी लोकतान्त्रिक ब्यबस्था अन्तर्गत छौ। जुन ढांचाको सरकार हामी सङ्ग छ, तेसलाई संबैधानिक राज्य प्रमुखको ढांचा भनिन्छ। यस्तो ढांचामा राज्यको सरकार राज्य प्रमुखकै हुन्छ। तर त्यो अधिकार पार्लियामेन्टले बनाएको प्रधानमन्त्रीले प्रयोग गर्छ।

५. देशलाई कम्जोर पार्ने तत्वले राज्यका सबै निकायलाई पत्रु जस्तो बनाइदिएको छ। देशको सम्मान भनेको देशका संयन्त्रहरुको पनि सम्मान हो। सगरमाथाको गीतगाएर मात्र देशभक्ती र माया हुँदैन। सभ्य नागरिकले राष्ट्रका निकाय प्रती सम्मान गर्न र लोकतान्त्रिक ब्यबस्थाको कदर गर्न पनि जान्नु पर्छ।

५. अकासमा हवाइजाहाज होल्ड गरेको कुरा समेत उठ्यो। अमेरीकामा राष्ट्रपति आउंदा के हुन्छ? खोज्नु होस।

६. राष्ट्रपतिले भन्ने “मेरो सरकार” नै हो। बकम्फुस तर्क नदिऔ। राष्ट्रपति राज्यप्रमुख हो, त्यो पदले सम्पुर्ण राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छ। तेसैले सरकारलाई मेरो भनिएको हो। चाकरी गरेको नभन्नुहोला म राष्ट्रपतिको लिस्टमा परेको र निम्ता पाउने मानिस होइन। मैले राज्यको प्रतिरक्षा गरेको हो।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More