राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको टीका (फोटो फिचर)

8 October, 2019 21:20 |जन सरोकार | comments | 3750 Views


    बडा दशैंको विशेष दिन आज विजया दशमीका दिन राष्ट्रपतिबाट प्रधानमन्त्रीलगायत विशिष्ट महानुभावलाई टीका लगाइदिनुभएको छ । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रधानमन्त्री केपी शर्मा ओलीले टीका लगाउने तथा लगाइदिने काम सम्पन्न गर्नुभएको छ ।

    adsads

    टीकाको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाई टीका लगाउनुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उहाँकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाउनुभएको हो ।

    यसैगरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायतलाई टीका लगाउनुभयो ।

    यसै गरी उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्ना बुवाबाट यसवर्षको दसैँको टीका ग्रहण गर्नुभएको छ । उहाँले उपराष्ट्रपति भवन, हरितगृहमा आफ्ना ८६ वर्षीय बुवा रामसुर पुनबाट दसैँको टीका ग्रहण गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभएको छ । यसैगरी, उपराष्ट्रपति पुनले आफ्ना सचिवालय सदस्य, सुरक्षाकर्मी र केही आफन्तलाई टीका लगाइदिनुभएको छ ।

    हेरौं भिआईपीहरुको दशैं टीका तस्वीरमा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!