राष्ट्रपति ओबामा पुगे पिताको जन्मदेश केन्या

25 July, 2015 20:46 | मुख्य समाचार , विश्व समाचार | comments | 36750 Views

विश्वको महाशक्ति मुलुक अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्ना पिताको जन्मदेश केन्या पुग्नुभएको छ । राष्ट्रपति भएपछि आफ्ना पिताको जन्म भएको देशमा उहाँ पहिलो पटक पुग्नुभएको हो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नी सौतेनी हजुरआमा मामा तथा सौतेनी बहिनी उमासंग केन्याको राजधानी नैरोबीमा पारिवारिक जमघटका क्रममा ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नी सौतेनी हजुरआमा मामा तथा सौतेनी बहिनी उमासंग केन्याको राजधानी नैरोबीमा पारिवारिक जमघटका क्रममा ।

उहाँले यस भ्रमणका क्रममा केन्यामा लगानी, प्रतिआतङ्कवाद र मानवअधिकारबारे वार्ता गर्नुहुने समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार उहाँ नैरोवीमा रहँदा विशेष गरी पछिल्लो समयमा केन्याको राजधानी नैरोवीमा सुरु भएका हत्या हिंसाका क्रियाकलापहरुको नियन्त्रणका लागि आवश्यक वार्ता गर्नुहुने छ ।

  

उहाँको आगमनपछि नैरोवीमा निकै कडा सुरक्षा व्यवस्था बनाइएको बताइएको छ । उहाँ शुक्रबार राति अबेरमात्र नैरोवी ओर्लिनुभएको थियो ।

उहाँ आज (शनिबार) त्यहीँ रहने कार्यक्रम रहेको छ । त्यसपछि आइतबार बिहान उहाँ केन्याको छिमेकी देश इथियोपिया लाग्नुहुने छ ।

त्यस्तै ओबामाले आफ्नी सौतेनी हजुरआमा र बहिनीलाई पनि भेट्नुभएको समाचारमा छ । ओबामा अफ्रिकी सम्मेलनमा भाग लिने क्रममा केन्या पुग्नुभएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More