राष्ट्रपति ट्रम्प राष्ट्रसंघतर्फ प्रस्थान: अमेरिकी कार्यसूचीहरु अलपत्र
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संयुक्त राष्ट्रसंघ महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भएदेखि नै सुल्झन बाँकी रहेका अनगिन्ती विदेश नीतिहरुको सूची राष्ट्रपति ट्रम्पसँग अझै छन् ।
इरान, उत्तर कोरिया, अफगानी तालिबान, इजरायल र प्यालेस्टाइनका मुद्दाहरु ज्युँकात्युँ छन् । व्यापार सम्झौताका कतिपय विषयहरु टेबलमा अलपत्र छन् । केही व्यापार सम्झौता होलान् कि भन्ने देखिए पनि कतिपय अबरुद्ध भएर थन्किएका छन् ।


राष्ट्रपति ट्रम्पले पटकपटक यी सम्झौताहरु तत्कालै गर्न आफूलाई हतारो नभएको बताउन थाल्नुभएको छ । हो मध्यस्थता गर्न समय अवश्य लाग्छ । उहाँ राष्ट्रपतिको कुर्सीमा रहनुभएको पनि तीन वर्ष भइसक्यो र सन् २०२० को चुनाव संघारमै आइपुगेको छ ।
विगतमा रिपब्लीकन र डेमोक्र्याट पार्टीका राष्ट्रपतिसँग काम गरिसक्नुभएका पूर्व विदेशमन्त्री निकोलस बन्र्स यतिधेरै सम्झौता हुन नसक्नुमा राष्ट्रपतिलाई मात्र दोष दिने ठाउँ नरहेको बताउनुहुन्छ । राष्ट्रपति ट्रम्प चीनका व्यापार नीतिमाथि खरो रुपमा प्रस्तुत हुनुभएको छ र यो ट्रम्पको स्वागतयोग्य कदम रहेको बन्र्सको भनाई छ । अफगानिस्तानमा विगत १८ वर्षदेखि जारी युद्ध अन्त्यका लागि अमेरिकी प्रशासन तालिबानसँग वार्तारत छ ।
“तर पनि ट्रम्पले झण्डै तीन वर्षको अवधिमा एउटा पनि विदेश मामिला मुद्दा सुल्झाउन वा निर्णय दिन सक्नुभएको छैन,” बन्र्सले भन्नुभयो ।ट्रम्पका आलोचकहरुले सफलता बेगर नै राष्ट्रसंघमा उपस्थित हुँदा उहाँको कमजोर अवस्थालाई नै दर्शाउने बताएका छन् । केही विदेश मामिला विज्ञहरुले केही मुद्दामा अन्तर्राष्ट्रिय मध्यस्थता शुरु हुनु पनि ठूलो कुरा रहेको जनाएका छन् । एक दिन विदेशी नेतामाथि कटु आलोचना गर्ने र अर्को दिन वार्तामा बस्ने ट्रम्प नीतिका कारण सबैजसो रनभुल्लमा परेको उनीहरुको बुझाई छ ।
तर राष्ट्रपति ट्रम्पको भनाई छ, “सौदाबाजी गर्ने यो मेरो शैली हो । यसले वर्षौंदेखि मलाई राम्रै फाइदा दिएको छ, र मुलुकलाई पनि फाइदा पुगेको छ ।”
राष्ट्रपति ट्रम्पको “अमेरिका पहिलो” मन्त्रले राष्ट्रसंघका यसअघिका महासभामा खासै प्रभाव सिर्जना गर्न सकेनन् । अहिले, अमेरिका र इरानबीच जारी द्वन्द्वका सन्दर्भमा तेहरानमाथि दबाब सिर्जना गर्न राष्ट्रपति ट्रम्पलाई अन्तर्राष्ट्रिय सहयोग चाहिएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- आगलागी- जनधनको क्षति र पर्यावरणीय हिसाबले ठूलो विपत्
- सम्झौता अनुसार उखु किसानले भुक्तानी पाएनन्, तीन उद्योगले मात्र दिए ४७ करोड
- किसानलाई खुसीको खबर- अब पाउने भए परिचयपत्र
- हेल्प नेपालबाट वीर अस्पताललाई ‘हेल्थ डेक्स क्लिनिक’ हस्तान्तरण
- इन्दुशङ्कर उद्योगबाट उखु किसानको २० करोड भुक्तानी
- हस्तिनापुरको कुकूरको कान्तिपुरको यात्रा
- प्राप्त उपलिब्धको रक्षा गर्न फेरि एकजुट भएर सङ्घर्षमा उत्रनुपर्ने
- प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धिमाथि गम्भीर चुनौती : नेपाल
- माघ अन्तिमदेखि सञ्चालनमा आउँदै ‘जनकपुर–जयनगर रेल्वे’
- भारतीय अतिक्रमणको प्रतिकारमा नेपाली
- शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश : राष्ट्रपति भण्डारी
- कोरोना भाइरस संक्रमण- २०२१ झन कठिन हुने, विभिन्न देशमा फरक फरक प्रजाति
- संसद विघटन मुद्दा- प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिर
- सुरक्षा गार्ड जागीर- जिम्मेवारी ठूलो, पारिश्रमिक न्यून
- जस्तो बीउ उस्तै फल- आज गरेको कर्मको नतिजा भोलि पाउनु नै छ
- नेपालमा नयाँ प्रजातिको कोरोना- बेलायतबाट फर्किएका तीनजनामा संक्रमण भेटियो
- अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’ महाभियोग बोकेर फर्किँदै ट्रम्प
- दूषित पानी विक्री गर्ने नेपा मिनेरल वाटरमाथि अदालतमा मुद्दा दायर
- आउँदो असारसम्म सम्पन्न हुने गरी कोटेश्वर–जडीबुटी सडक निर्माण सुरु
- “संविधानअनुसार अर्को सरकार बन्न नसक्ने भन्ने कुरा काल्पनिक”
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


