भ्रमण वर्षलाई सघाउने बर्मेली नेपालीको चाहना- राष्ट्रपतिसित मागे सिधा हवाई उडान

19 October, 2019 20:51 |राजनीति | comments | 6450 Views

    करीब दुई लाख नेपालीभाषीहरुको बसोबास रहेको म्यान्मार र नेपालबीच सिधा हवाई सेवा सुरु गर्न र नेपाल आउने नेपालीभाषीलाई प्रवेशाज्ञा निःशुल्क गर्न त्यहाँ रहेका नेपाली मूलका नागरिकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष माग गरेका छन् ।

    म्यान्माको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति भण्डारी समक्ष शुक्रवार म्यान्मारको पे-उ-लिन नगरमा नेपाली भाषीहरूले आयोजना गरेको कार्यक्रममा त्यस्तो माग राखेका हुन् ।

    adsads

    अखिल म्यान्मार देशीय गोर्खा हिन्दू धार्मिक संघका अध्यक्ष सागर घिमिरेले नेपाल र म्यान्मारबीच सम्पर्क बढाउन सीधा हवाई सेवा सहित म्यान्मारबाट नेपाल जानेहरूका लागि निःशुल्क प्रवेशाज्ञाको व्यवस्था गरिदिन माग गरेको बताउनुभयो ।

    नेपालीभाषीहरूले यस्तो माग राखेपछि राष्ट्रपतिले त्यसका लागि पहल गर्ने आश्वासन दिएको संघका सल्लाहकार मणिलाल पौडेलले बताउनुभयो । उहाँले अहिले सीधा हवाई सेवा नहुँदा त्यसको फाइदा अन्य मुलुकहरूलाई भइरहेकाले नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा नेपालले पहल गर्नुपर्ने आफूहरूले बताएको जानकारी दिनुभयो ।

    पौडेलका अनुसार नेपालीभाषीहरूले नेपाल भ्रमण वर्ष सफल पार्न म्यान्मारमा विभिन्न अभियान चलाउने प्रतिबद्धता पनि जनाएका छन् । नेपाली भाषी संघसंस्थाका नेताहरूका अनुसार पछिल्लो जनगणना अनुसार म्यान्मारका विभिन्न क्षेत्रमा करिब दुई लाख नेपालीभाषीको बसोबास रहेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!