राष्ट्रपति सीद्वारा एशियाली सुरक्षा र विकासका सहकार्यको आग्रह

15 June, 2019 23:12 | विश्व समाचार | comments | 16200 Views

चीनका राष्ट्रपति सी चिन फिङले एशियाली सुरक्षा र विकासका लागि आपसी सम्मान र विश्वासका साथ अघि बढ्न एशियाली मुलुकहरूबीच सहकार्यका लागि आग्रह गर्नुभएको छ ।

शनिबार ताजिकिस्तानको राजधानी दुशान्बेमा आयोजित एशियाली मुलुकबीच विश्वास निर्माणका लागि भएको एक सम्मेलनमा उहाँले सो धारणा राख्नुभएको हो ।

adsads

उहाँको कथन थियो यस क्षेत्रको सुरक्षा, विकास, स्थिरता तथा समृद्धिका लागि आवश्यक सहकार्य गर्न र सिर्जनात्मकरूपमा एशियाको निर्माण गर्न चीन सधैँ प्रतिवद्ध रहन्छ ।

उहाँले ‘बेल्ट एण्ड रोड कोअपरेसन’ मार्फत बजारलाई थप विश्वशनीय बनाउनका चीनको विशेष पहल भइरहेको पनि बताउनुभयो ।

“एशिया वर्तमान विश्वको सबैभन्दा ठूलो विकासशील जीवनशैली र निश्चित शक्ति रहेको क्षेत्रहरुमध्ये एक हो तर यसले असामान्य आर्थिक विकास, सुरक्षा र प्रशासनका मुद्दाहरू जस्तै चुनौतिहरूको सामना पनि गरिरहेको छ,” राष्ट्रपति सीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सन् २०१५देखि एशियाली मुलुकले सहयोगको विचार र सहयोग अनुभव आदानप्रदान गरिरहेको तर सम्बन्धित पक्षहरुसँग एशिया पारस्परिक सहयोग तथा विश्वासको प्रक्रियालाई अझ अघि बढाउन पहल गरिनुपर्ने देखिएको छ ।”

एशियाली मुलुकले संयुक्त, मैत्रीपूर्ण,सहयोगात्मक र दीगो भन्ने नयाँ सुरक्षा अवधारणालाई व्यवहारमा उतार्नुपर्ने पनि सीले उक्त अवसरमा बताउनुभयो ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा विभिन्न मुलुकसँगको मैत्रीपूर्ण सहयोग बढाएर सम्बद्ध मुलुकसँगको भौगोलिक सार्वभौतिकता र समुद्री अधिकार विवादको शान्तिपूर्ण रूपमा समाधान गर्ने र वार्ता तथा सल्लाह गरी क्षेत्रीय मुद्दामा समाधान खोज्ने बताउनुभयो ।

नेपालको समृद्धिमा सघाउँछौं : चिनियाँ राष्ट्रपति सी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!