राष्ट्रपति सीले देखाएको महानता ‘फलेको वृक्ष नझुकेको कहाँ छ र’ ?

13 October, 2019 18:14 |राजनीति | comments | 10200 Views

    २३ वर्षपछि नेपालको उत्तरी छिमेकी चीनका राष्ट्रपतिबाट नेपालको भ्रमण सम्पन्न भएको छ र यो भ्रमणले नेपालको अन्तर्राष्ट्रिय छवी सुधार्नेदेखि विकास निर्माणमा चिनीया सहयोगको नयाँ ढोका पनि खोलेको छ । यससंगै चिनीयाहरुले कति विनम्रता देखाउँछन् भन्ने पनि राष्ट्रपति सी चिनफिङले देखाउनुभएको छ ।

    adsads

    धेरैले देखेको तर त्यसमा नजर नपुर्याएको एउटा दृश्य थियो शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति सीको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा चेयर्स गर्दा सीले आफ्नो गिलास राष्ट्रपति भण्डारीकोभन्दा थोरै तल राख्नु ।

    सीले त्यसरी गिलास तल पार्नुको अर्थ छ । त्यसमा उहाँको विनम्रता झल्किन्छ । चिनीयाँ समाजमा चियर्स गर्दा गिलास तलमाथि हुनुको ठूलो अर्थ हुन्छ । आफूभन्दा ठूला वा सत्कार गर्नुपर्ने व्यक्तिसँग गिलास ठोक्काउँदा आफ्नो गिलास अलिकति तल झुकाउनुपर्ने मान्यता छ ।

    चिनीया राष्ट्रपति सी निकै विनम्र रहेको उहाँसंग भेटघाट गर्नेहरु बताउँछन् । शनिबार रात्रिभोजमा पनि उहाँले आफू विश्वको दोस्रो ठूलो आर्थिक शक्ति मुलुकको राष्ट्रप्रमुखको रुपमा प्रस्तुत नगरी आफ्नो विनम्रता प्रस्तुत गर्नुभयो ।

    हुन पनि महान् व्यक्तिले विनम्रता देखाउन आफ्नै गिलास तल पारेर पनि ठोक्काउँछन् । शनिबार राष्ट्रपति सीको व्यवहार फलेको वृक्षको हाँगा नझुकेको कहाँ छ र भनेजस्तै हो,’ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!