राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण : विकासको नयाँ ढोका खोल्ने

10 October, 2019 10:30 |राजनीति | comments | 4350 Views

    शनिबार असोज २५ गते २३ वर्षपछि चीनका राष्ट्रपतिले नेपाली भूमिमा पाइला टेक्नेछन् । यो भ्रमणलाई लिएर नेपाल र चीन दुबैतिर उत्तिकै उत्सुकता र विश्वास बढाएको छ र यो भ्रमणले विकासको नयाँ ढोका खोल्ने विश्वास लिइएको छ ।

    adsads

    चीनले पनि राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको परिणाम ऐतिहासिक हुने बताएको छ, जसमा ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्कको नयाँ खाका समेत छ । त्यस्तै सीको भ्रमणका क्रममा बन्दरगाह, रेल र सडक सञ्जालबारे महत्वपूर्ण सहमति जुट्ने विश्वास लिइएको छ ।

    आउटलुकका अनुसार २३ वर्षपछि राष्ट्रपति तहमा पहिलो पटक हुन लागेको नेपाल भ्रमणअघि चीनका उपविदेशमन्त्री लुओ झाओहुईले बेइजिङमा यो ऐतिहासिक भ्रमण हो । यो भ्रमणले महत्व र प्रभाव पनि ऐतिहासिक नै हुने दावी गर्नुभएको छ ।

    चिनियाँ राष्ट्रपति शनिबार नेपाल आउने- सुरक्षा व्यवस्था कडा

    भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तरगत ट्रान्स हिमालय केनेन्टिभिटी प्रोजेक्टहरु छन् । उपमन्त्री लुओकाअनुसार सीको भ्रमणले नेपाल चीन द्वीपक्षीय सम्बन्धको राजनीतिक आधार अझ मजबुत बनाउनेछ भने बीआरआई अन्तरगतका विकास आयोजनाहरुको खाका पनि बन्नेछ ।

    दुबै पक्षले बीआरआर सहकार्यलाई मजबुत बनाउने र ट्रान्स हिमालय बहुआयामिक कनेक्टिभिटी नेटवर्कलाई गति दिने समेत उपमन्त्री लुओले बताएका छन् ।

    चिनियाँ राष्ट्रपतिको भ्रमणका एजेण्डाबारे प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्रीहरुसंग छलफल गर्ने

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!