राष्ट्रियता र जनजिवीकाप्रति बिपीको चेतना र सपना

22 July, 2019 12:25 |बिचार | comments | 24450 Views

    यादब देवकोटा

    “आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला छ । यस्तो परिस्थितिमा सबभन्दा पहिलो हत्या राष्ट्रियताको हुन्छ ।

    adsads

    यो कथन नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व बिपी कोइरालाले चार दशकअघि नै पार्टी पंक्तिलाई सचेत रहन निर्देशन दिनुभएको थियो । कोइरालाले २०३३ साल पुस १६ गते देशवासीका नाउँमा एक अपील जारी गर्दै राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको जिकिर गर्नुभएको थियो ।

    उहाँको भनाइ थियो– “हाम्रो देशमा विदेशी तत्व कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडा बनाउन सफल हुन थालेका छन् । राष्ट्रको रक्षा, देशको उन्नति, जनताको सुख र समृद्धिको पुनीत कार्यमा सबै एकमत भएर लागौं । यस राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ । राष्ट्र रहेन भने हामी रहन्नौं भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ ।”

    आज मुलुककोा संविधानले नै समाजवादी सिद्धान्त अंगिकार गरेको छ तर यो नारामै सीमित छ । उतिबेलै बिपीले समाजवादको खाका कोर्नुभएको थियो । बिपीको सपना थियो “हरेक नेपालीको घरमा एउटा दुहुनो गाई होस्, उनीहरुका छोराछोरीले पढन पाउन्, औषधिमूलो सजिलै गर्न सकुन् ।” प्रजातन्त्रमा समाजवादको रसायन मिसाएर ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त अनुसार अघि बढ्नुपर्ने सपना देख्नुभएका बिपी कोइरालाको नेतृत्वको पार्टीले उहाँको नाम भजाउने बाहेक केही गरेन ।

    राष्ट्रियता, प्रजातन्त्र र समाजवाद उहाँको वैचारिक राजनीतिक मूलधार हो । उहाँको नेतृत्वमा संस्थापन भएको नेपाली कांग्रेस पार्टीले बेलाबखत उहाँको नाम भजाएर राजनीतिक शाख राख्न खोजे पनि उहाँले स्थापित गरेको वैचारिक मूलधारबाट सो पार्टी धेरै विचलित भैसकेको छ । राष्ट्रियताका सवालमा बिपी कोइरालाले आफ्नो जीवनको अन्तिम कालतिर प्रवाह गरेका धारणाहरू नेपालको राष्ट्रियताको पक्षपोषण र सम्वद्र्धनका लागि मार्गदर्शक छन् ।

    राष्ट्रियता र प्रजातन्त्र बिपीको मूलमन्त्र थियो । बाह्य चलखेल र हस्तक्षेपको दुश्चक्रको पीडा बिपीको आफ्नै भोगाइ थियो । आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रवेश र चलखेलले राष्ट्रियता र प्रजातन्त्र दुवैको हत्या हुने दृढ अभिमत बिपीको थियो भने बाह्य हस्तक्षेप र जातीय राजनीतिले मुलुकको हित नगर्ने प्रष्ट धारणा पुष्पलालको थियो । अहिले बिपीले अंगिकार गरेको वैचारिक धारबाट नेपालको वर्तमान राजनीति धेरै टाढा पुगिसकेको छ र नेपालको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकता नै अहिले जोखिमपूर्ण अवस्थामा पुगेको सर्वत्र अनुभूत भैरहेको छ । राजनीतिमा उहाँको उत्तराधिकार ग्रहण गर्ने र उहाँको वैचारिक धार र प्रभावको दोहन गरेर राजनीतिक सिँढी उक्लनेहरू नै अहिले परजीवी राजनीतिक गतिविधिका संवाहक बनेर प्रजातन्त्र र समाजवादको चीरहरण गर्न उपयोगमा आइरहेका छन् ।

    मुलुक लोकतान्त्रिक गणतन्त्रको नयाँ परिवेशमा प्रवेश गरेको भए पनि दिशाहीनता र गन्तव्यहीनताको स्थिति विद्यमान नै छ । विधिको शासनको गोरेटो समेत अझै पहिलिएको छैन । नेताहरू बाटो बिराएको बटुवा समान छन् । बाह्य शक्तिका रणनीतिक गोटी बनेर प्रस्तुत हुने राजनीतिक नेतृत्वले स्वविवेक र आत्मनिर्णयको राजनीतिक मूल्य आत्मसात नै गर्न नसक्ने कटु यथार्थबोधले बिपीले अनुशीलन गरेको राष्ट्रवादी–स्वतन्त्रतावादी प्रजातान्त्रिक राजनीतिक चिन्धातन धारको अरु महत्व दर्शाएको छ ।

    हुन त आजभोलि राष्ट्रवादको कुरा गर्नु र राष्ट्रहितका मुद्दा उठाउनु ठूलै अपराध गरेको जस्तो हुने गरेको छ । महेन्द्र राष्ट्रवाद, अन्धो राष्ट्रवाद, वाहुनवादी राष्ट्रवाद भन्दै देशको हित चाहनेहरुको बिरुद्ध विदेशीको गुलामी गरेर आफ्ना स्वार्थ पूरा गर्न चाहनेहरुको बाहुल्य रहेको र सत्ताको मात्रै फन्को मार्नेहरुले बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीतिको अपरिहार्यता बोधगर्दै निर्वासन त्याग गरी २०३३ साल पुष १६ गते स्वदेश फर्कदा जारी गरिएको अपीलको स्मरण गर्न किन नसकेको रु

    पुनः एकपटक– “देशमा विदेशी तत्व कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडा बनाउन सफल हुन थालेका छन् । आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला छ । यस्तो परिस्थितिमा सबभन्दा पहिलो हत्या राष्ट्रियताको हुन्छ ।”

    उहाँले सो अपीलमा भनेझैं अहिले नेपालको स्वतन्त्र अस्तित्व नै जोखिममा पर्दैगएको अवस्था छ । वर्तमानका पथविचलित राजनीतिक गतिविधिले मुलुकलाई कस्तो दुर्नियतिको शिकार बनाउने हो भन्ने चिन्ता जताततै छ । नेपालको स्वतन्त्र राष्ट्रको प्रतिष्ठा अहिले जोखिममा परेको छ । राष्ट्रियतावाद, स्वतन्त्रतावाद र स्वाभिमानवादलाई बैदेशिक चलखेलमा मौलाएको आत्मसमर्पणवादले खर्लप्पै निल्न लागेको छ ।

    बिपीको नाम जप्नेहरुले राष्ट्रियताका सवालमा उहाँको मन्त्रहरु स्मरण गरेर पालना गरे देशको भलो हुने थियो र उनीहरु बिपीका सच्चा अनुयायी ठहरिने थिए । आज कर्मकाण्डी शैलीमा मात्र बिपीको सम्झना गर्ने परम्परा बसेको छ । वैचारिक विचलन र शून्यता अनि राष्ट्रिय स्वाभिमान विपरीतको आत्मसमर्पणवादी राजनीतिक अपसंस्कृतिको लहरले वैचारिक धार इतिहासको पानामा मात्र सुरक्षित भएको छ । राष्ट्रियता र प्रजातन्त्रको समन्वित रुप र गति नेपालको अपरिहार्य आवश्यकता भए पनि अहिले यो नै सर्वाधिक उपेक्षित विषय भएकाले बिपीको वैचारिक अनुशरण हुनसक्ने स्थिति नै छैन ।

    राष्ट्रियता र प्रजातन्त्र बिपीको मूलमन्त्र थियो । बाह्य चलखेल र हस्तक्षेपको दुश्चक्रको पीडा बिपीको आफ्नै भोगाइ थियो । आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रवेश र चलखेलले राष्ट्रियता र प्रजातन्त्र दुवैको हत्या हुने दृढ अभिमत बिपीको थियो । मुलुक अहिले बाह्य हस्तक्षेपले दग्ध भएर नितान्त कमजोर र दिशाहीन बन्न पुगेको छ । राजनीतिक शुद्धीकरणको अपरिहार्यता झल्काइरहेको  ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More