राष्ट्रिय आविष्कार केन्द्रका लागि दुई करोड रकम सङ्कलन

9 February, 2017 15:09 | अर्थ | comments | 45450 Views

1471773436_mahaveer

राष्ट्रिय आविष्कार केन्द्र खोल्ने अभियानमा ६ महिनाको अवधिमा दुई करोड रुपैँया सङ्कलन भएको छ ।

सामाजिक अभियन्ता महावीर पुनले सुरु गरेको राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि ५० करोड रुपैँया उठाउने लक्ष्यका साथ गत साउनदेखि सुरु गरेको ‘महादान अभियान’ अन्तर्गत सरकारी सहयोगबाहेक नै देश–विदेशमा रहेका नेपालीबाट ६ महिनाको अवधिमा सो रकम सङ्कलन भएको हो ।

adsads
अहिलेसम्म आफूले कसैलाई पनि सहयोगका लागि पत्राचार वा आग्रह नगरेको र स्वतःस्फूर्त रुपमा सो रकम सङ्कलन भएको बताउने सामाजिक अभियन्ता पुनले अब भने देश–विदेशमा रहेका नेपालीलाई पत्राचार नै गर्ने जानकारी दिएका छन् ।

“सार्वजनिकरुपमा गरिएको आह्वानबाट नै दुई करोड सहयोग प्राप्त भयो, अब पत्राचार गरेर औपचारिकरुपमा नै सहयोगको आग्रह गर्छु”, पुनले भने । सामाजिक अभियन्ता पुनका अनुसार प्राप्त रकममध्ये धेरै रकम विदेशमा बस्ने नेपालीबाट सङ्कलन भएको छ । सबैभन्दा बढी प्रवासी नेपाली सङ्घ मोना, हङकङले एकमुष्ट रु ५७ लाख ४९ हजार दुईसय ९६ सहयोग गरेको पुनले जानकारी दिए ।

रकम हिमालयन र एभरेस्ट बैंकमा रहेको खातामा जम्मा भइरहेको छ । अब भने एक वर्ष भित्रमा रु ५० करोड सङ्कलन गर्न पुनले अभियानलाई व्यापक बनाउन सुरु गरेको बताए ।

“अब हामी घरघरमा जान्छौँ, ढोका–ढोकामा पुग्छौँ,” पुनले भने “विदेशमा पनि बोलाएको ठाउँमा जाने योजना बनाइरहेको छु ।” रु ५० करोड जुटाएर जलविद्युत्मा लगानी गर्ने र जलविद्युत्बाट हुने आम्दानीलाई राष्ट्रिय आविष्कार केन्द्रका लागि प्रयोग गर्ने योजना पुनको रहेको छ ।

किन चाहियो राष्ट्रिय आविष्कार केन्द्र ? (भिडियोसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टनेल

फेसबुक

टनेल

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!