राष्ट्रिय आविष्कार केन्द्रप्रति पतञ्जलीको चासो- जडिबुटी अनुसन्धानमा सघाउने प्रतिबद्धता

2 May, 2019 15:51 | सूचना/प्रविधि | comments | 30000 Views

विश्वप्रसिद्ध आयुर्वेद केन्द्र पतञ्जलीले राष्ट्रिय आविष्कार केन्द्रलाई नेपालमा पाइने जडिबुटी तथा खाद्यान्नको अनुसन्धान र यसबाट फाइदा कसरी लिन सकिन्छ भन्ने विषयमा सघाउन तयार रहेको जनाएको छ ।

पतञ्जली आयुर्वेदद्वारा संचालित पतञ्जली रिसर्च फाउण्डेशनले राष्ट्रिय आविष्कार केन्द्रलाई नेपालमा पाइने जडिबुटी तथा खाद्य पदार्थहरुको अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको हो ।

adsads

बुधबार फाउण्डेशनका विभागीय प्रमुख तथा पतञ्जलीका संस्थापकमध्ये एक आचार्य बालकृष्णका सहयोगी आचार्य डा. महेशानन्द विद्यालंकारले राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण गरी नेपालमा पाइने विभिन्न किसिमका जडिबुटी र खा पदार्थहरुको कसरी अनुसन्धान गर्ने र कसरी फाइदा लिने भन्ने विषयमा जानकारी दिनुभएको थियो ।

केन्द्रका अध्यक्ष सूचना प्रविधि विज्ञ महावीर पुनका अनुसार भ्रमणका क्रममा आचार्य विद्यालंकारले आविष्कार केन्द्रको कामको अवलोकन गर्नुका साथै गर्न खोजेका कामहरुको बारेमा जानकारी लिंदै आवश्यक सुझावहरु समेत दिनुभएको थियो ।

करीब डेढ घण्टासम्मको बसाईमा डा. विद्यालंकारले जडिबुटी र खाद्यान्न सम्बन्धी अनुसन्धान सम्बन्धी जानकारी चाहिएमा पतञ्जलीमा गएर अनुसन्धान गर्न सकिने आश्वासन समेत दिनुभएको थियो ।

राष्ट्रिय आविष्कार केन्द्रका लागि दुई करोड रकम सङ्कलन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!