प्रम कार्यालयप्रम कार्यालय

  • प्रम कार्यालय
  • प्रम कार्यालय
  • प्रम कार्यालय
  • प्रम कार्यालय

राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न आयोजनास्थलमा ‘आयोजना अनुगमन प्रणाली’ जडान गरिँदै

20 July, 2019 11:55 |अर्थ | comments | 12150 Views

    प्रम कार्यालय

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ११ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न आयोजनास्थलमा ‘आयोजना अनुगमन प्रणाली’ जडान गर्न कार्य अन्तिमचरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)बाट नै ती आयोजनाको अनुगमन गर्न सिसीटिभी जडान गर्न थालिएको हो ।

    adsads

    अहिलेसम्म पाँच वटा आयोजनास्थलमा ‘आइपी क्यामेरा’ जडान गरिसकिएको कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीले क्यामेरा जडान गरिएका पोखरा अन्तरराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी, भेरी–बबई डाइभर्सन र सिक्का सिँचाइ आयोजनाको एक्सन रुमबाट अनुगमन गर्नुभइसकेको छ ।

    उहाँले बाँकी रहेका छ वटा आयोजनाको यन्त्र जडान गर्ने काम भइरहेको जानकारी दिनुभयो । कार्यालयमा रहेको एक्सन रुमबाट आयोजनास्थलमा जोडिएका क्यामेरामार्फत आयोजनाको प्रगति विवरणबारे जानकारी लिनसकिने छ । यसैगरी राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, अन्तरराष्ट्रिय विमानस्थल बारा, पूर्व–पश्चिम हुलाकी राजमार्ग, पुष्पलाल लोकमार्ग, काठमाडौँ तराई–मघेश द्रुतमार्ग (फास्ट ट्र्याक) र रानी जमरा कुलरिया सिँचाइ आयोजनामा क्यामेरा जडान कार्य भइरहेको कार्यालयका इञ्जिनीयर विनय सुवेदीले जानकारी दिनुभयो ।

    “ती आयोजना बन्दै गरेका ठाउँमा क्यामेरा जडान गरिन्छ, आयोजना एक ठाउँमा सकिए क्यामेरालाई अर्को ठाउँमा सारेर अनुगमन गरिने छ”, उहाँले भन्नुभयो । यसअघि प्रधानमन्त्री ओलीले गत जेठ १५ गते सातवटै प्रदेशमा मुख्यमन्त्रीसँग भिडियो संवाद गरेर एक्सन रुमको उद्घाटन गर्नुभएको थियो ।

    प्रधानमन्त्रीले प्रदेश सरकारका गतिविधिबारे मुख्यमन्त्रीसँग संवाद गर्न र राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न एक्सन रुम बनाउन लगाउनुभएको हो । एक्सन रुममा रहेका यन्त्रसँग मुख्यमन्त्रीको कार्यालयमा रहेको यन्त्रलाई नेटवर्किङ्मार्फत जोडिएको हुन्छ । गत मङ्सिरबाट कार्यालयको भूइँ तलामा उक्त एक्सन रुम बनाउन थालिएको हो । प्रवक्ता कुँवरले एक्सन रुमबाट प्रधानमन्त्रीले सङ्घ र प्रदेशबीच देखिएका समस्यालाई समाधान गर्न मुख्यमन्त्रीसँग जतिबेला पनि कुराकानी गर्न र आयोजनाको अनुगमन गर्नसक्ने बताउनुभयो ।

    “अव प्रधानमन्त्रीले प्रदेश मुख्यमन्त्रीसँग निरन्तर मुलुकको विकासका लागि संवाद गर्नुपर्ने हुन्छ”, प्रवक्ता कुँवरले भन्नुभयो, “अब प्रधानमन्त्रीलाई भेट्न सधैँ प्रदेश मुख्यमन्त्री काठमाडौँ आउनु पर्दैन, एक्सन रुमबाटै नै उहाँले आफूले चाहिएका बेला मुख्यमन्त्रीसँग भिडियो संवाद गर्नुहुनेछ ।” प्रधानमन्त्रीले एक्सन रुमबाट सिधैं आयोजनाको काम के भइरहेको छ भनेर अनुगमन गर्ने र आयोजनाको प्रगति हेरेर निर्देशन दिनुहुने छ । करीब रु साढे चार करोडमा उक्त एक्सन रुम तयार पारिएको हो ।

    राष्ट्रिय गौरवका आयोजनाको लगाम प्रधानमन्त्रीका हातमा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    प्रम कार्यालय

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More