परिचयपत्रपरिचयपत्र

  • परिचयपत्र
  • परिचयपत्र
  • परिचयपत्र
  • परिचयपत्र
  • परिचयपत्र
  • परिचयपत्र

राष्ट्रिय परिचयपत्र प्रयोगविहीन

22 August, 2019 12:50 |पत्रपत्रिका | comments | 15300 Views

    परिचयपत्र

    सरकारले निकै महत्वकांक्षाका साथ ल्याउन लागेको राष्ट्रिय परिचयपत्र यसअघि लागू भएका जिल्लामा भने प्रयोगविहीन भएको छ । सरकारले पाइलट प्रोजेक्टका रूपमा सिंहदरवारसहित पूर्वी नेपालको पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्र लागू गरे पनि यो ‘सामान्य परिचयपत्र’मै सीमित भएको छ ।

    adsads

    नागरिकतासहित अन्य परिचयजन्य कागजात विस्थापित गर्दै एउटै कार्डबाट सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले ल्याइएको राष्ट्रिय परिचयपत्र स्थानीयका लागि भने ‘बोक्नु न टोक्नु’ भनेजस्तै भएको छ । कुनै पनि प्रयोगमा नआएपछि नागरिकहरूले बाकसमा थन्क्याएर राखेका हुन् । पाँचथरमा १ लाख १० हजार र सिंहदरबारका ७ हजार कर्मचारीलाई पहिलोचरणमा परिचयपत्र वितरण गर्ने योजनाअनुरुप सुरु भएको यो कार्यक्रम वितरणमै सीमित भएको छ । केही प्रयोजनमा नआएपछि नागरिकले परिचयपत्र थन्क्याएका हुन् ।

    पहिलो चरणअन्तर्गत पाँचथर जिल्लाका नागरिक र सिंहदरबारका कर्मचारीलाई परिचयपत्र वितरण गर्ने तयारीअनुसार काम पूरा भएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार यो प्रोजेक्टको कुल लगानी साढे ५ अर्ब हो ।

    त्यसमध्ये हालसम्म ४९ करोड रकम खर्च भइसकेको छ ।तामझामका साथ राष्ट्रिय परिचयपत्र वितरण थालिए पनि त्यसको उपयोगिता नभएपछि स्थानीय निराश छन् । अहिले पनि जिल्ला प्रशासन कार्यालयमार्फत कार्ड लिन चाहानेहरूका लागि विवरण संकलनको कार्य भइरहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभाग फिल्ड कार्यालय पाँचथरका कम्प्युटर अपरेटर भेषराज खत्रीले जानकारी दिए ।

    ‘पाइलट प्रोजेक्ट’का रूपमा वितरण सुरु भएको राष्ट्रिय परिचयपत्र वितरण अन्तर्गत अहिलेसम्म ५८ हजार १ सय ५८ जना पाँचथरका नागरिकले परिचयपत्र लिइसकेका छन् । जिल्लामा हालसम्म विवरण दर्ता भएका ८६ हजार ५ सय २८ मध्ये सबै नागरिकले कार्ड पाएका हुन् । विवरण संकलन भएर पनि अहिलेसम्म २४ हजार ९ सय ४४ जनाको कार्ड थन्किएको छ भने विवरण दिएर पनि ३ हजार ४ सय २६ जनाको कार्ड आउनै बाँकी छ ।

    कार्डमा व्यक्तिका जैविक र व्यक्तिगत विवरण समावेश गरिएको उनले जानकारी दिए । हाल विवरण संकलन भइरहेको कार्डमा व्यक्तिगत विवरण र जैविक विवरणलाई पहिलो चरणमा स्थान दिन लागिएको छ । व्यक्तिगत विवरणमा कार्ड पाउने व्यक्तिको नामथर, पारिवारिक अवस्थालगायत विवरण समावेश हुन्छ भने जैविक विवरणमा हातका दशवटै औंलाको छाप, फोटोलगायतका विवरण समावेश गरिएको छ ।यसमा अन्य विवरण थप गर्दै लैजाने तयारी सरकारको छ । नेपालको नागरिकता लिएका र लिन उमेर पुगेकाहरूका लागि गरेर दुई तरिकाबाट कार्ड वितरण गरिएको छ ।

    राष्ट्रिय परिचयपत्रको कार्ड रिड गर्ने मेसिनसमेत कतै छैन । यो पाइलट प्रोजेक्ट मात्रै भएका कारण देशभर सवैका हातमा पुगे पछि यसको अध्ययन गर्न सक्ने मेसिनको व्यवस्था हुने पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए । तत्काल कार्ड अध्ययन गर्न सक्ने मेसिन राख्ने कुनै तयारी नबुझिएको उनले बताए । सवै नागरिकका हातमा कार्ड पुगे पछि त्यस पछिको चरणमा मेसिन राख्ने हो । उनले भने, “पाँचथरको हकमा सदरमुकाम सहितका बजार क्षेत्रमा आवश्यकता हेरेर कार्ड अध्ययन गर्न सक्ने मेसिन राखिने छ ।”

    सवैको हातमा कार्ड नपुगेका कारण हालका लागि मेसिन नराखिएको प्रमुख जिल्ला अधिकारी वस्तीले बताए । मेसिन राख्न बजेट भन्दा पनि केन्द्रीय नीतिको एकरुपता पहिलो सर्त हो । केन्द्रले राख्ने भन्ने निर्णय लिनेवित्तिकै सवै क्षेत्रमा राखिने बताए ।

    आजको कारोबार दैनिकमा खबर छ ।

    राष्ट्रिय परिचयपत्र- सुविधासंगै व्यक्तिको सूचना चुहिने डर

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    परिचयपत्र

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!