राष्ट्रिय परिचयपत्र- सुविधासंगै व्यक्तिको सूचना चुहिने डर

11 July, 2019 17:51 |सूचना/प्रविधि | comments | 24750 Views

    सरकारले साउनदेखि देशव्यापी रुपमा राष्ट्रिय परिचयपत्र वितरणका लागि तयारी थालेको छ । २०७५ मंसिरबाट वितरण सुरु गरिएको राष्ट्रिय परिचयपत्र हालसम्म ८० हजार जनाले राष्ट्रिय लिइसकेको छन् र यसमा प्रधानमन्त्री केपी ओली पनि पर्नुभएको छ ।

    adsads

    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आगामी दुई वर्षभित्र १६ वर्ष नाघेका सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य सहित काम अघि बढाइएको जनाएको छ ।

    तर एक करोड ६० लाख भन्दा बढी नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने पछिल्लो अभियानका क्रममा नागरिकका संवेदनशील विवरणको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिनुपर्ने विज्ञहरू बताउँछन् ।

    परिचयपत्रमा दश अङ्कको व्यक्तिगत परिचय नम्बर उल्लेख गरिन्छ । जसमा नागरिकका ३० वटा भन्दा बढी व्यक्तिगत विवरण, औँलाको छाप, फोटो र आँखाको नानीको तस्बिर सहितका सूचना सङ्कलन गर्ने गरिन्छ ।

    विभागका महानिर्देशक दिपक काफ्लेले आगामी दशैँपछि ७७ वटै जिल्लामा नागरिकका विवरण सङ्कलनका लागि एक हजारवटा सूचना सङ्कलन केन्द्र स्थापनाका लागि टेन्डर प्रक्रिया अघि बढाइएको बताउँदै साउन १ गतेबाट दोस्रो चरणको काम सुरु हुने र आउँदो वर्ष सबै जिल्लामा विवरण सङ्कलन गरेर दुई वर्षभित्र सबै नागरिकको हातमा राष्ट्रिय परिचयपत्र पुर्‍याउने लक्ष्य अनुसार काम भइरहेको बताउनुहुन्छ । यसका लागि हाल विभागसँग रहेको प्रतिघण्टा झन्डै पाँच सय परिचयपत्र छाप्ने मेशिनलाई प्रतिघण्टा एक हजारवटा परिचयपत्र छाप्ने तहमा स्तरोन्नति गर्ने लक्ष्य लिइएको छ ।

    नेपालको संविधानले राष्ट्रिय परिचयपत्रलाई एकीकृत प्रणालीमा व्यवस्थापन गरी त्यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधा र राष्ट्रिय योजनासँग जोड्ने नीति लिएको छ ।

    विभागको वेबसाइटका अनुसार राष्ट्रिय परिचयपत्रलाई नागरिकले आफ्नो नागरिकता, मतदाता परिचयपत्र, कर सम्बन्धी अभिलेख, ब्याङ्किङ कारोबार, समाजिक सुरक्षा परिचयपत्र लगायतमा प्रयोग गर्न सक्छन् ।

    सुरक्षा चिप्स सहितको परिचयपत्रले नागरिकका व्यक्तिगत र बायोमेट्रिक विवरणहरूमा तत्काल पहुँच दिने बाहेक नेपाली, गैरआवासीय नेपाली र विदेशीको वर्गीकरणमा पनि मद्दत पुर्‍याउने बताइन्छ । यसबाहेक व्यक्तिगत विवरणको जाँच र विकास योजना तर्जुमामा पनि परिचयपत्रले मद्दत गर्ने जनाइएको छ ।

    तर प्रविधि सम्बन्धी कानुनका जानकार बाबुराम अर्याल नागरिकता जत्तिकै हैसियत भएको राष्ट्रिय परिचयपत्र सम्बन्धी कानुन नहुनु व्यक्तिगत सूचना सुरक्षाको दृष्टिकोणले गम्भीर चुनौती भएको बताउनुहुन्छ ।

    उहाँ भन्नुहून्छ नागरिकका विवरण सम्बन्धी एकीकृत तथ्याङ्क भण्डारले राज्यलाई आफ्नो सेवा प्रवाह गर्न मद्दत गर्छ । हाम्रो मुख्य चासो राज्यले सङ्कलन गरेका विवरणहरू सुरक्षित हुन्छन् कि हुँदैनन् भन्ने हो । कानुनको अभावमा कुनै कारणले कसैको व्यक्तिगत विवरण दुरूपयोग भयो भने पीडितलाई क्षतिपूर्ति दिने र दोषीलाई कारबाही हुने कुरा सुनिश्चित हुन सक्दैन ।

    अर्यालका अनुसार राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित बायमेट्रिक र व्यक्तिगत विवरणको गोपनीयता र सुरक्षामा नेपालमा तीनवटा मुख्य चुनौती छन् ।पहिलो, कर्मचारीतन्त्रको मानसकिता व्यक्तिगत पहुँचका आधारमा परिचयपत्र सम्बन्धी एकीकृत तथ्याङ्क भण्डारमा राखिएका विवरण दुरूपयोग नहोउन् भन्न पनि यस सम्बन्धी कानुनको आवश्यक्ता पर्छ ।

    दोस्रो, प्राविधिक चुनौती रहेको छ । नेपाल सरकारसँग सम्बन्धित कैयौं वेबसाइटहरू ह्याकरहरूको निशानामा परेको र बेला बेलामा ब्याङ्किङ कारोबारकै सुरक्षा संवेदनशीलताबारे प्रश्नहरू उठेकाले प्रणाली बलियो बनाउनुपर्ने देखिन्छ । प्रणालीमा हुनसक्ने सम्भावित आक्रमणलाई समेत उपयुक्त ढङ्गले समाधान गर्नसक्ने उपाय अवलम्बन गर्नुपर्छ।

    तेश्रोमा प्रविधि साक्षरता रहेको छ । अझैँसम्म धेरै नेपालीहरूको पहुँच प्रविधिमा पुगिसकेको छैन् । राष्ट्रिय परिचयपत्रको प्रयोग केमा कसरी गर्न सकिन्छ भन्नेबारे नागरिकलाई जानकारी दिनु आवश्यक छ ।

    तर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्ले गोपनीयता र व्यक्तिगत विवरणको सुरक्षालाई उच्च प्राथमिकता दिइएको बताउनुहुन्छ ।

    उहाँका अनुसार अत्यन्तै उच्च स्तरको प्रविधि अवलम्बन गरिएकाले सूचना दुरुपयोग हुने वा चुहिने सम्भावना छैन । कुनै सरकारी निकायले कसैविरूद्ध अनुसन्धान गर्नुपर्ने भयो भने उसले उक्त सूचनामा पहुँच पाउन सक्छ तर अरूले हामीले राखेका विवरणमा पहुँच पाउने सम्भावना रहँदैन ।

    साउनदेखि देशभर राष्ट्रिय परिचयपत्र वितरण सुरु हुने

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने

    फेसबुक

    प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!