राष्ट्रिय विधि विज्ञान प्रयोगशालाराष्ट्रिय विधि विज्ञान प्रयोगशाला

  • राष्ट्रिय विधि विज्ञान प्रयोगशाला
  • राष्ट्रिय विधि विज्ञान प्रयोगशाला
  • राष्ट्रिय विधि विज्ञान प्रयोगशाला
  • राष्ट्रिय विधि विज्ञान प्रयोगशाला
  • राष्ट्रिय विधि विज्ञान प्रयोगशाला
  • राष्ट्रिय विधि विज्ञान प्रयोगशाला

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाद्वारा जेठ मसान्तसम्म छ हजार नमूना परीक्षण

10 July, 2019 10:30 |सूचना/प्रविधि | comments | 16050 Views

    राष्ट्रिय विधि विज्ञान प्रयोगशाला

    राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले चालू आवमा जेठ मसान्तसम्म छ हजार ५२० नमूना परीक्षण गरेको छ । विभिन्न निकायबाट आएका एक हजार ७७० मुद्दामा यी नमूना परीक्षण भएको प्रयोगशालाले जनाएको छ ।

    adsads

    गत ११ महीनामा ६ हजार ४६८ नमूना प्राप्त भएको र गत आवको ७३० बाँकी नमूनाबाट यो परीक्षण गरिएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालामा विषविज्ञान (टक्सिकोलोजी) मा सबैभन्दा बढी परीक्षण भएको प्रयोगशालाका कामु कार्यकारी अधिकृत वीरेन्द्रराज शाक्यले बताउनुभयो

    विषविज्ञानअन्तर्गत सङ्कलन भएका ५५९ मुद्दाका एक हजार १४८ नमूना परीक्षण भएको उहाँले जानकारी दिनुभयो । रसायशास्त्रमा ५००, जीवविज्ञान तथा वन्यजन्तुमा १२१, डिएनए १७३ र विवादित प्रलेखमा ४१७ मुद्दाको परीक्षण भएको थियो ।प्रयोगशालाले यहाँ आएका मुद्दाका आधारमा नयाँनयाँ प्रविधि र उपकरण भित्र्याइरहेको कामु कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । विश्वका अरु देशमा भएका प्रविधि र उपकरणलाई भित्र्याएर प्राप्त मुद्दाको वैज्ञानिकरूपमा परिणाम दिने गरिएको छ ।

    यस प्रयोगशालामा सबैभन्दा बढी अदालतबाट नै मुद्दा आउने गरेका छन् । यीबाहेक राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण केन्द्र, वन विभाग, जिल्ला वन कार्यालय, प्रहरी, श्रम विभाग, जिल्ला प्रशासन कार्यालयलगायतका निकायबाट समेत मुद्दा आइरहेका छन् । न्यायिक सुधार समितिको सुझावका आधारमा विसं २०६२ मा प्रयोगशालाको स्थापना भएको थियो ।

    वैशाख ५ गते २ बजेर ३१ मिनेटमा नेपालको राष्ट्रिय झण्डासहितको भूउपग्रह प्रक्षेपण हुने

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    राष्ट्रिय विधि विज्ञान प्रयोगशाला

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई

    फेसबुक

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!