राष्ट्रिय सङ्कट घोषणा गर्न सांसद राधेश्यामको माग

11 September, 2019 19:29 | राजनीति | comments | 12750 Views

नेपाली काङ्ग्रेसका सांसद राधेश्याम अधिकारीले डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार राष्ट्रियसभाको बैठकमा उहाँले सो माग गर्नुभएको हो ।

ads ads

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले यस्का विषयमा स्वास्थ्यमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्दै समयमै पहिचान गर्दा यो रोगबाट मर्नु पर्दैन भन्ने जनचेतना फैलाउन सरकारलाई सचेत गराउनुभयो ।

सांसद अधिकारीले डेङ्गु फैलने क्रमलाई राष्ट्रिय सङ्कटका रुपमा लिनुपर्ने धारणा व्यक्त गर्दै भन्नुभयो, “५६ जिल्लामा फैलिएको छ, यो रोग राष्ट्रिय महामारी हो कि होइन रु यसलाई स्वास्थ्यको सङ्कटकाल घोषणा गर्नुपर्छ कि पर्दैन, कति मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ ।”

डेङ्गु रोगको नियन्त्रणका लागि सरकारले गरिरहेको कामका सम्बन्धमा स्वास्थ्यमन्त्रीको जवाफ अति जरुरी भएको उल्लेख गर्दै सांसद अधिकारीले भन्नुभयो, “सरकार कहाँ छ के गर्दैछ रु यसको महामारी रोक्न सरकारले के गर्दैछ रु स्वास्थ्य मन्त्रालय, सेना र प्रहरीको भूमिका के हो रु” उहाँले डेङ्गु रोग परीक्षणको नाममा निजी अस्पतालहरुले चर्को शुल्क असुलिरहेको हुँदा परीक्षण शुल्क तोक्न सरकारसँग माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कोमल वलीले तीन तहका सरकारले आपसमा सहकार्य गरी डेङ्गु रोगको नियन्त्रणमा तत्परता देखाउन ध्यानाकर्षण गराउँदै स्थिति भयावह भएको उल्लेख भयो । उहाँले जनचेतना फैलाउन र भविष्यमा हुन नदिन पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने भन्दै ध्यानाकर्षण गराउनुभयो ।

मन्त्री नै डेंगु संक्रमित हुँदा समेत सरकारको कानमा बतास पसेन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More