गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

राष्ट्र र जनताका अपेक्षा पूरा गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

6 October, 2019 10:15 | गण्डकी प्रदेश , प्रदेश | comments | 78300 Views

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र र जनताको अपेक्षा पूरा गर्नका लागि तीनै तहका सरकार लाग्नुपर्ने बताउनुभएको छ ।नेकपा कास्कीद्वारा विजयादशममीलगायत विभिन्न चाडपर्वको अवसरमा शनिबार पोखरामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भई संविधानसमेत कार्यान्वयन भइसकेको बताउनुभयो ।

समृद्ध नेपाल सुखी नेपाली सबैको साझा अभियान भएको बताउँदै उहाँले संविधानतः निर्दिष्ट गरिएका अधिकारलाई आपसी समन्वयसमेतका आधारमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

  

नेकपा स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्जसमेत रहनुभएका उहाँले सङ्घीयताको मर्मअनुसार अघि बढ्न सके संविधान कार्यान्वयनले पनि सही गति लिनुका साथै राष्ट्र र जनताका आवश्यकतालाई सम्बोधन गरी अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । विजयादशमीलागयतका विभिन्न चाडपर्वले देशमा भ्रष्टाचार निर्मूल भई सुशासनयुक्त समृद्ध राष्ट्र निर्माण गर्न प्रेरणा दिने विश्वास लिइएको उहाँको भनाइ छ ।

नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले कास्की निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउन कार्यकर्ता सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिनुभयो । पार्टी कास्की जिल्ला कमिटीका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले विकासका लागि जनप्रतिनिधि र कार्यकर्ता एकजुट भएर लाग्नुको विकल्प नरहेको बताउनुभयो ।

शान्ति प्रक्रियालाई पूर्णता दिन ध्यान जानुपर्छ : मुख्यमन्त्री गुरुङ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More