शेरधन राईशेरधन राई

  • शेरधन राई
  • शेरधन राई
  • शेरधन राई
  • शेरधन राई
  • शेरधन राई
  • शेरधन राई

‘राष्ट्र र समाजको विकासका लागि युवा अघि बढ्नुपर्ने’

17 August, 2019 17:40 |प्रदेश , प्रदेश १ | comments | 16650 Views

    शेरधन राई

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्र र समाजको विकासका लागि युवाले जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।उदयन नेपालद्वारा आज विराटनगरमा आयोजित ‘एक उडान सकारात्मकता तर्फ’ कार्यक्रमको शुभारम्भ एवं उद्घाटन गर्दै उहाँले निष्ठावान र इमानको जगमा उभिएर क्रियाशील हुने व्यक्तिले नै सफलता पाउने बताउनुभयो ।

    adsads

    उहाँले विगत सुखद नरहेको प्रसङ्ग उल्लेख गर्दै अस्थिरता र द्वन्द्वले मुलुकको विकास नभएकाले अब युवा राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवालाई उद्यमशीलतासँग जोड्न प्रदेश सरकारले रु २० करोड विनियोजन गरेको जानकारी दिँदै युवालाई समाजप्रति जवाफदेही बनाउन र १० वर्षमा वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न विनियोजित रकमले मद्दत पुग्ने बताउनुभयो ।

    समाजिक विकासमन्त्री जीवन घिमिरेले नयाँ नेपालको निर्माण नयाँ पुस्ताले मात्र गर्न सक्ने बताउनुभयो । उहाँले युवाले आफ्नो समय र अवसरलाई उच्चतम प्रयोग एवं उपयोग गर्नुपर्ने सुझाव दिँदै युवालाई सिर्जनशील काममा लाग्न आग्रह गर्नुभयो ।

    उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष विक्रम लुइँटेल, मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा, अभिभावक सङ्घका प्रदेश अध्यक्ष देवी पन्थी र उदयन नेपालका अध्यक्ष अनुपमा बाँस्तोलाले यस संस्थाका माध्यमबाट युवालाई नैतिक र व्यवहारिक ज्ञान प्रदान गरी प्रदेशभरि सो अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    मुख्यमन्त्री शेरधन राईद्वारा नेपाली राष्ट्रिय सम्मेलनको उद्घाटन

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    शेरधन राई

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राष्ट्रपति विद्यादेवी भण्डारी

    फेसबुक

    राष्ट्रपति विद्यादेवी भण्डारी

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!