रित्तै जान्छ रित्तै आउँछ- प्रयोगै प्रयोगमा खोक्रो हुने भयो नेपाल एयरलाइन्स

22 September, 2019 10:46 | कर्पोरेट/पर्यटन , जापान | comments | 25500 Views

१३ वर्षपछि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले काठमाडौंबाट जापानको ओसाका सिधा उडान सुरु गर्यो तर यसको उडानमा यात्रुको संख्या हेर्ने हो भने नाजुक स्थिति छ । २ सय ७६ सिट क्षमताको वाडइबडी जहाज केही दर्जन यात्रु लिएर उडछ र फर्कदा पनि त्यस्तै हालत छ ।

ads ads

जापान उडानको पहिलो दिन अगस्ट २९ मा अहिलेसम्मका धेरै १ सय ४९ यात्रु थिए । तर, टिकट काटेका ८८ मात्र । बाँकी ६१ जना सित्तैंमा पाहुना बनाएर लगिएका। उनीहरूको टिकट र जापानको सम्पूर्ण खर्च निगमले व्यहोरेको थियो। दुई दिनपछि १८ यात्रु लिएर गएको विमानले सित्तैंमा लगेको टोलीका सबैजसो ओसार्यो। ६० यात्रु ल्याइएकामा टिकट काटेर आउने अति कम थिए।

अहिलेसम्मको अवस्था हेर्दा काठमाडौं–ओसाकाभन्दा उताबाट आउनेको संख्या तुलनात्मक बढी छ। सेप्टेम्बर ३ मा २४ यात्रु लिएर गएको वाइडबढीले फर्कंदा भाग्यवश ६९ यात्रु पायो।

यताबाट जाँदा भएका ८ उडानमा टिकट काटेका यात्रु सबैभन्दा धेरै सेप्टेम्बर १४ मा थिए– ३४ जना। उताबाट आउँदा सबैभन्दा धेरै सेप्टेम्बर ७ मा ८८ जना पुगेका छन्।

नारिताकै लागि प्रक्रिया अघि बढ्दै गर्दा निगमले हतारिएर ओसाका उडान सुरु गरेको थियो। यात्रु कम भएपछि पहिले तय भएको साताका तीन उडान घटाएर दुइटामा झारिएको छ। त्यसमा पनि प्रवद्र्धनात्मक भाडादर (सस्तो)मा सेवा दिइरहेको छ। ‘यात्रु बढे र भाडादर पनि बढ्यो भने मात्रै नाफाको कुरा गर्न सकिन्छ’, निगमका प्रवक्ता गणेशबहादुर चन्द भन्छन्।

ओसाका उडाउने निर्णयको व्यापारिक योजना भने अपरिपक्व देखिन्छ। निगमले जापानका लागि जनरल सेल्स एजेन्ट (जीएसए) पनि कसैलाई दिएको छैन। पब्लिक सेल्स एजेन्ट ९पीएसए० का भरमा यति ठूलो क्षेत्रमा हात हालिएको छ। जीएसएले व्यापारिक रणनीतिसमेत बनाउँछ, न्यूनतम् सिटको ग्यारेन्टी लिन्छ। पीएसए केवल टिकट काटिदिन उपयोगमा आउँछ।

नेपाल वायुसेवा निगमद्वारा ग्वान्जाओ उडानको तयारी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More