रियल मड्रिड र बार्सेलोना लज्जास्पद तवरले बाहिरिए

2 May, 2013 18:17 | खेल | comments | 72450 Views

युरोपको बहुप्रतिस्ठित फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगका सेमिफाइनलका खेलमा पराजित हुँदै दुबै स्पेनिस दिग्गज टोली बार्सेलोना र रियल मड्रिड फाईनल पुग्न सकेनन ।

 
पहिलो लिगमा ४-४ गोल खाएर क्रमश बार्सेलोना जर्मन क्लब बार्यन म्युनिखसँग र रियल मड्रिड अर्को जर्मन क्लब डर्टमण्डसँग पराजित भएका थिए । दोश्रो लिगमा पनि जर्मन क्लब नै स्पेनिस क्लब माथि हावी देखिए । मंगलबार मध्ये रातमा भएको खेलमा आफ्नो गृह मैदानमा रियलले डर्टमण्ड लाई २-० गोल अन्तरले पराजित गरेको भएपनि कुल ४-३ को नतिजामा रियल डर्टमण्डसँग पराजित बन्यो ।

 
यता बुधवार मध्ये रातमा भएको खेलमा भने आफ्नै गृह मैदानमा बार्यन म्युनिखसँग ३-० को लज्जास्पद पराजय भोगेको बार्सेलोना कुल ७-० को नतिजामा सेमिफाइनलबाट बाहिरियो । निकै प्रतिस्पर्धात्मक हुने आस गरिएको खेललाई बार्यन एकतर्फी आफ्नो पक्षमा पारेको थियो।

  

 
अब लण्डनको वेम्ब्ली स्टेडियममा फाइनल खेल दुई जर्मन टोली बार्यन म्युनिख र बोरुसिया डर्टमण्ड बिच हुने भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More