रुपन्देहीलाई औद्योगिक हब बनाउन माग
रुपन्देहीका उद्योगीहरुले रुपन्देहीलाई औद्योगिक हब बनाउन नीतिगत तथा संस्थागत सुधारका कार्यक्रम तत्काल लागू गर्न आग्रह गरेका छन् । उनीहरुले मुलुकमा बढ्दो अविश्वासको वातावरणको अन्त्य गर्दै उद्योगमैत्री वातावरण निर्माणका लागि सरकारलाई सुझाव दिएका छन् ।
शनिबार बुटवलमा अवधारणा सार्वजनिक गर्दै उद्योगीहरुले यस क्षेत्रको औद्योगिक तथा आर्थिक विकासका लागि निजी क्षेत्रको सहभागितामा आयात प्रतिस्थापन गर्ने लक्ष्यसहितको उद्योगहरुको स्थापना गर्न लाग्नुपर्ने सुझाव दिए । राज्यका गलत नीतिका कारण र औद्योगिक विकास कसरी गर्न सकिन्छ भनेर ठोस रणनीति बनाउन नसक्दा आर्थिक समृद्धि धेरै पछाडि परेको उनीहरुले गुनासो गरे । औद्योगिक विकासको लागि रुपन्देही उद्योग सङ्घको अवधारणा सार्वजनिक कार्यक्रममा प्रस्तुत अवधारणापत्रमार्फत सो सुझाव र गुनासो गरिएको हो ।
सरकारका पूर्वसहसचिव विष्णुप्रसाद ढकालले प्रस्तुत गर्नुभएको अवधारणापत्रमा औद्योगिक र आर्थिक विकास निजी क्षेत्रको सहभागिताबिना सम्भव नभएको दाबी गर्दै कृषिको निर्भरता कम गर्ने, उपलब्ध प्राकृतिक तथा भौतिक स्रोत साधनको उपयोग गर्दै उद्योगहरु सञ्चालन गर्ने योजना बनाउन भनिएको छ ।


अवधारणापत्रमा उद्योग स्थापनाका लागि उचित वातावरणको आवश्यकता पर्ने हुँदा आयातमुखी अर्थव्यवस्थालाई आत्मनिर्भर बनाउन उत्पादनशील अर्थतन्त्र बनाउने नीति कार्यान्वयन गर्दै नेपाललाई सशक्त औद्योगिक मुलुकका रूपमा रुपान्तरित गराउने कार्यको थालनी गर्न सुझाव दिइएको छ । त्यसका लागि राज्य र निजी क्षेत्रबीच दरिलो प्रतिबद्धता र नेपालको औद्योगिक विषयसँग सम्बन्धित नीति÷नियमहरूको सुधार तथा दीर्घकालीन सोच बनाउन बुँदागतरूपमा तर्क राखिएकोे छ ।
कार्यक्रममा बोल्दै प्रदेश नं ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश सरकारको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नका लागि सहयोगी बन्न आग्रह गर्नुभयो । उहाँले अब अस्थिर राजनीतिलाई देखाएर प्रगति र समृद्धिको बाटोमा अगाडि बढ्ने कुरा रोक्ने छुट नभएको बताउँदै सरकारले गर्नुपर्ने कामका बारेमा खाका बनाएर दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले वर्तमान ढाँचामा सञ्चालन गरिएका उद्योगहरुले प्रतिस्पर्धात्मक बजारमा टिकाइराख्न गाह्रो पर्ने हँुदा नयाँ मोडेलको विकास गर्न आग्रह गर्नुभयो । प्रदेश सरकारले गर्नुपर्ने काम रुपन्देही उद्योग सङ्घले गरेकामा धन्यावाद दिँदै उहाँले उद्योग क्षेत्रलाई रोजगारी सिर्जना गर्ने क्षेत्रका रुपमा विकास गर्न त्यसलाई समृद्धिको खम्बा बनाउन आग्रह गर्नुभयो । सङ्घका अध्यक्ष गणेशप्रसाद अधिकारीले उद्योगमैत्री वातावरण निर्माण भएको खण्डमा उद्योगको स्थापना र विकाससँगै सम्भावना भएका पर्यटन, कृषि र खनिजजन्य उद्योगमा लगानी बढ्ने बताउनुभयो ।
प्रदेश नं ३ लाई ‘औद्योगिक हब’ बनाइने : मन्त्री नेपाल
तपाईंको प्रतिकृया
ताजा समाचार
- प्रधानमन्त्री सुगा कोरोना भाइरसबिरुद्धको लडाईमा अगुवाई गर्ने, घरभित्रै बस्न आव्हान
- आगलागी- जनधनको क्षति र पर्यावरणीय हिसाबले ठूलो विपत्
- सम्झौता अनुसार उखु किसानले भुक्तानी पाएनन्, तीन उद्योगले मात्र दिए ४७ करोड
- किसानलाई खुसीको खबर- अब पाउने भए परिचयपत्र
- हेल्प नेपालबाट वीर अस्पताललाई ‘हेल्थ डेक्स क्लिनिक’ हस्तान्तरण
- इन्दुशङ्कर उद्योगबाट उखु किसानको २० करोड भुक्तानी
- हस्तिनापुरको कुकूरको कान्तिपुरको यात्रा
- प्राप्त उपलिब्धको रक्षा गर्न फेरि एकजुट भएर सङ्घर्षमा उत्रनुपर्ने
- प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धिमाथि गम्भीर चुनौती : नेपाल
- माघ अन्तिमदेखि सञ्चालनमा आउँदै ‘जनकपुर–जयनगर रेल्वे’
- भारतीय अतिक्रमणको प्रतिकारमा नेपाली
- शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश : राष्ट्रपति भण्डारी
- कोरोना भाइरस संक्रमण- २०२१ झन कठिन हुने, विभिन्न देशमा फरक फरक प्रजाति
- संसद विघटन मुद्दा- प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिर
- सुरक्षा गार्ड जागीर- जिम्मेवारी ठूलो, पारिश्रमिक न्यून
- जस्तो बीउ उस्तै फल- आज गरेको कर्मको नतिजा भोलि पाउनु नै छ
- नेपालमा नयाँ प्रजातिको कोरोना- बेलायतबाट फर्किएका तीनजनामा संक्रमण भेटियो
- अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’ महाभियोग बोकेर फर्किँदै ट्रम्प
- दूषित पानी विक्री गर्ने नेपा मिनेरल वाटरमाथि अदालतमा मुद्दा दायर
- आउँदो असारसम्म सम्पन्न हुने गरी कोटेश्वर–जडीबुटी सडक निर्माण सुरु
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


