रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखरा (रेबान)को बराल

18 October, 2020 17:55 | कर्पोरेट/पर्यटन | comments | 27150 Views

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“असहज परिस्थितिमा प्राप्त जिम्मेवारीलाई अवसरका रुपमा बदलेर यस क्षेत्रको विकास प्रवद्र्धनमा सबै अनुभवी व्यवसायी साथीहरुको साथबाट नयाँ सोचको खोजीका साथ हाम्रो टिम अघि बढ्ने छ”, बरालले भन्नुभयो ।

  

अधिवेशनले प्रथम उपाध्यक्षमा नरेश भट्टराई, द्वितीय उपाध्यक्षमा विश्वराज पौडेल, महासचिवमा विकास भट्टराई, कोषाध्यक्षमा लोक गुरुङ र सहकोषाध्यक्षमा रोशनजङ्ग कार्कीलाई चयन गरेको छ । सदस्यमा दोर्जे लामा, योगेश भट्टराई, वैभव पौडेल, वीरेन शेरचन, वसन्त गौतम र राजेन्द्र ढकाल निर्वाचित हुनुभएको छ ।

लेकसाइडमा करीब चार सय रेष्टुरेन्ट एण्ड बार रहे पनि रेबानमा एक सय सदस्य छन् । यस वर्ष २० जनाले नवीकरण नगरेको जनाइएको छ । महासचिव विकासका अनुसार रेबान पोखराले अङ्ग्रेजी नयाँ वर्षका अवसरमा सडक महोत्सव, विश्व पर्यटन दिवस, होली महोत्सव, नेपाली खाना महोत्सवलगायत पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ । यस अलावा सदस्य र रेष्टुरेण्टमा कार्यरत कर्मचारीलाई विभिन्न तालीम प्रदान गर्दै आएको छ ।

सो कार्यक्रमको उद्घाटनसत्रमा रेबान पोखराले पत्रकार विनोद लामिछानेलाई ‘रेबान पत्रकारिता पुरस्कार २०७७’ बाट रु २५ हजारसहित पुरस्कृत गरेको थियो । लामिछानेलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान गर्नुभएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More