रोकिएको तलब माग गर्दै मलेसियामा नेपालीसहितका श्रमिकहरू हड्तालमा

10 May, 2019 19:36 | प्रबास | comments | 14700 Views

मलेसियाको एक कम्पनीले समयमा तलब नदिएको भन्दै त्यहाँ कार्यरत तीनसय नेपालीसहित हजारौं श्रमिक हड्तालमा उत्रिएका छन् ।

समाचार अनुसार मलेसियाको कापर सेलेङग्ररमा रहेको स्मार्ट ग्लोब करपोरेसन कम्पनीमा कार्यरत श्रमिकहरूले गएको महिनादेखि तलब नपाएपछि हड्तालमा उत्रेका हुन् ।

adsads

अर्कोतिर कामदारहरुमध्ये धेरैको भिसा सकिसकेको छ र म्याद सकिसकेको भिसा रिन्यु कम्पनीले नगरिदिंदा आफूहरू समस्यामा परेको पीडितहरूले बताएका छन् ।

रोकिएको तलव पाउनु पर्ने र भिसा तुरुन्त नवीकरण गर्नुपर्ने माग राख्दै शुक्रबार बिहानदेखि नै कम्पनी बन्द गरेर हड्तालमा उत्रिएको त्यहाँ कार्यरत एक नेपालीले जानकारी दिएका छन् ।

कम्पनीमा नेपालीसँगै बंगालादेश, इन्डोनोसियन लगायत अन्य देशका हजारौं कामदार कार्यरत छन् । अहिले कम्पनीको प्रशासन पक्षले श्रमिकहरूसँग वार्ताको लागि प्रयास गरिरहेको छ ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराउने संस्थाको अनुगमन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!