रोकिराखेको टिपर स्कुटर ठोक्किँदा एकजनाको मृत्यु

20 July, 2019 22:14 | जन सरोकार | comments | 9450 Views

काठमाडौँ महानगरपालिका–२७ स्थित सडकमा रोकी राखेको ना३ख ७५६१ नंको टिपर पछाडि बा९२प ६५६५ नंको स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका स्कुटर चालक बूढानीलकण्ठ बस्ने ३५ वर्षीय सञ्जय ठकुरीको नेपाल नेशनल अस्पताल कलङ्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

adsads

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार कलङ्की बस्ने ३० वर्षीय विशाल लुइँटेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जानकारी दिएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–२४ मख्खन गल्ली बस्ने सन्तोष रौनियारको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगदसहित करीब रु १९ लाख १० हजार बराबरको धनमाल गए राति चोरी भएको प्रहरीले जनाएको छ ।

यसै गरी नुवाकोटको सूर्यगढी गाउँपालिका–५ स्थित बगुवामा करेन्ट लाग्दा एकको मृत्यु भएको छ । सोही गाउँपालिकास्थित बगुवामा छिमेकीको घरको केवलको तार बनाउन बिजुलीको पोलमा चढेका सोही स्थानका ३५ वर्षीय विष्णु राईलाई करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुँयालले जानकारी दिनुभयो ।

करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याइएको थियो । घाइते राईको उपचारका क्रममा मृत्यु भएको र उनको शव परीक्षणका लागि आवश्यक प्रक्रिया र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!