रोनाल्डोले प्रेमिकालाई छोड्नुको कारण यस्तो !

21 July, 2019 16:52 | खेल | comments | 44100 Views

कुनै समय रुसकी चर्चित मोडल तथा हलिउड नायिका इरिना सेक र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोबीचको प्रेम निकै गाढा थियो । उनीहरु पाँच वर्षसम्म सँगै देखिएका थिए- प्रत्येक कार्यक्रम र भ्रमणमा सँगै हुन्थे ।

adsads

सन् २०१० देखि सुरुवात भएको उनीहरुको प्रेम सम्बन्ध २०१५ मा पुगेर टुंगियो । कारण थियो रोनाल्डोकी ममतामयी आमा मारिया डोलोरेस । हो, इरिनाले रोनाल्डोको आमा डोलोरेसलाई अपमान गरेका कारण रोनाल्डोले इरिनालाई ब्रेकअप दिएका दिए ।

डोलोरेसको ६० औं जन्मदिनमा इरिनालाई पनि बोलाइएको थियो । तर उनले रोनाल्डोको आमाको जन्मदिनमा जान अस्वीकार गरिन् । यहाँ सम्मकी उनले रोनाल्डोलाई समेत नजान भनिन् । यो रोनाल्डो र आफ्नो आमाको लागि ठूलो अपमान र बेइमानी थियो ।

त्यसबेला इरिनाले आमा र आफूमध्ये एक रोज्न चुनौती दिएका थिए । रोनाल्डोले कुनै विचार गरेनन् । इरिनालाई त्याग गर्दै आमा रोजे । किनभने रोनाल्डोको आदर्श महिला भनेकै आमा हुन् । क्रिस्टियानो जुनियरलाई समेत आमाको खाँचो थियो । आमा डोलोरेसले इरिनालाई त्यस दायित्व निभाउन पटकपटक आग्रह समेत गरेकी थिइन् । तर इरिनाले आमाको अनुरोध वेवास्था गरेकी थिइन् ।

रोनाल्डो सानैदेखि परिवारमा विश्वास गर्ने व्यक्ति, परिवार नै उनको पहिलो प्राथमिकता । रोनाल्डोले ब्रेकअप दिनु अगाडि भनेका थिए,‘हामीले सोच्यौं यो नै उत्तम निर्णय हुनेछ । म उनलाई आगामी दिनको शुभकामना दिन चाहान्छु ।’ रोनाल्डोले इरिनालाई त्यागेपछि उनी वियोग र पिडामा परेको इरिनाका साथीहरु बताउँछन् । यतिबेला रोनाल्डोको नयाँ प्रेमिका छिन्, जोर्जियाना रोड्रिग्वेज । उनीहरु सन् २०१६ देखि सँगै छन्। उनीहरुबाट एक छोरीको जन्म भएको छ । (एजेन्सी)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

डेंगु रोग

फेसबुक

डेंगु रोग

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!