रोल्पामा दुई बालक मृत भेटिए

16 October, 2014 19:42 | जन सरोकार , मध्य पश्चिमाञ्चल | comments | 166200 Views

रोल्पा झेनाममा दुइ बालक मृत भेटिएका छन् | मंगलबार बेलुका ६ बजेतिर दांग घर भएका करिब ११/१२ वर्षका सुशील पुन र अर्जुन रोका मृत फेला परेका हुन् |स्थानीयबासीले होलेरी नजिक झेनाम ८ लिबांग गाउ नजिक पर्ने जंगलमा ति बालक मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए |

होलेरी सदरमुकाम लिबांगबाट करिब बिस कोस टाढा पर्दछ | इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक नबचन्द्र मल्लको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो |

प्रहरीका अनुसार ति दुबैको घर दांग भएको र झेनाम मामाघर आएको बेला मारिएको बताए | प्रहरी नायब उपरीक्षक नविनराज राई का अनुसार उनीहरुको शव प्रहरी अञ्चल कार्यालय पुर्याउने तयारी भईरहेको छ |घटनाबारे थप अनुसन्धान भईरहेको राईले बताए |

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More