रौतहटमा खाल्डोमा डुबेर दुई बालिका र तनहुँमा पौडी खेल्दा एक बालकको मृत्यु

20 July, 2019 23:08 | जन सरोकार | comments | 10800 Views

रौतहटमा बाढीको पानी जमेको खाल्डोमा डुब्दा दुई बालिकाको ज्यान गएको छ । देवाही गोनाही नगरपालिकामा रहेको बाधको खाल्डोमा डुब्दा बालिकाको ज्यान गएको हो ।

adsads

देवाही गोनाही नगरपालिका ५ को लालबकैया नदी भन्दा उत्तर पूर्वतिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बाख्रा चराउन गएकी दुवै बालिका गर्मीका कारण खाडलमा नुहाउन पसेकी थिइन् । मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याइएको छ ।

उता तनहुँमा पौडी खेल्ने क्रममा शनिबार डुबेर एक बालकको मृत्यु भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ निवासी १२ वर्षीय विवेक विश्वकर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

जिल्लाको भिमाद नगरपालिका–५ मामाघरमा गएका ती बालक सोही वडास्थित सेती नदीमा पौडी खेल्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

पौडी खेल्ने क्रममा हामफाल्दा नदीमा रहेको दलदले माटोमा टाउको गएर गडेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । उनीसँगै गएका श्रीराम श्रेष्ठ मुख बोल्न नसक्ने भएकाले तत्कालै उपचारको लागि लैजान नसकिएको प्रहरीले जनाएको छ । उक्त घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली गएर शव बाहिर निकालेका थिए ।

त्यसैगरी जिल्लाको भानुनगरपालिका–१३ चन्द्रावतीका आठ वर्षीय सुवास अधिकारीको डोरीको पासो लागि मृत्यु भएको छ । आमा र हजुरबुबा काममा गएको समयमा ९२ वर्षीया मैया अधिकारी घरमा रहेको अवस्थामा अधिकरीले डोरीमा खेल्ने क्रममा पासो लाग्न गई मृत्यु भएको प्रहरीले जनाएको छ । उठबस गर्न नसक्ने वृद्धा हजुरआमा घरमा रहे पनि अधिकारी जानीजानी नभई डोरीमा झुन्डिने क्रममा अचानक घाँटीमा पासो लाग्न गई मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!