र्‍याफटिङ खेलाडीलाई सहयोग हस्तान्तरण र्‍याफटिङ खेलाडीलाई सहयोग हस्तान्तरण

  • र्‍याफटिङ खेलाडीलाई सहयोग हस्तान्तरण
  • र्‍याफटिङ खेलाडीलाई सहयोग हस्तान्तरण
  • र्‍याफटिङ खेलाडीलाई सहयोग हस्तान्तरण
  • र्‍याफटिङ खेलाडीलाई सहयोग हस्तान्तरण
  • र्‍याफटिङ खेलाडीलाई सहयोग हस्तान्तरण
  • र्‍याफटिङ खेलाडीलाई सहयोग हस्तान्तरण

र्‍याफटिङ खेलाडीलाई सहयोग हस्तान्तरण

6 May, 2019 11:45 | खेल | comments | 15300 Views

र्‍याफटिङ खेलाडीलाई सहयोग हस्तान्तरण

र्‍याफटिङ वर्ल्डकपका लागि अष्ट्रेलिया जान लागेको टोलीको आइताबार बिदाइ गरिएको छ । अन्तर्राट्रिय र्‍याफटिङ महासङ्घको आयोजनामा आगामी मे १६ देखी १९ सम्म अष्ट्रेलियाको क्विन्सल्याण्डको टुली नदीमा हुने वल्र्डकप च्याम्पियनसिपमा सहभागी हुने टिमलाई आइतबार चितवनको इच्छाकामना गाउँपालिका र धादिङको वेनिघाट रोराङ गाउँपालिकाले छुट्टाछुट्टै कार्यक्रम गरी खेलाडीलाई बिदाइ गरेको हो ।

adsads

इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले गाउँपालिकाले अन्य खेल जस्तै र्‍याफटिङलाई पनि महत्वका साथ लिएको बताउनुभयो । सो अवसरमा अध्यक्ष गुरुङले प्रशिक्षक निमबहादुर मगरसहित खेलाडीलाई रु ६ लाखको चेक हस्तान्तरण गर्नुभयो । आइतबारै वेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले खादा लगाई बिदाइ गर्नुभयो । प्रशिक्षक निमबहादुर मगरले सो प्रतियोगितामा सहभागी हुनका लागि करिब रु ३४ लाख खर्च हुने बताए ।

बेनीघाट रोराङ गाउँपालिकाले रु ५ लाख, गोरखाको गण्डकी गाउँपालिकाले रु दुई लाख, शहीद लखन गाउँपालिकाले रु एक लाख तथा मनकामना दर्शन प्रालिले रु ५० हजार रहयोग गरेको मगरले बताए । बाँकी खर्च खेलाडी आफैले व्यहोर्नेछन् ।

सुरज गुरुङको कप्तानीमा रहेको उक्त टोलीमा सुनिल गुरुङ, सविन गुरुङ, शक्तिकुमार गुरुङ, दिपेश गुरुङ, पदमबहादुर गुरुङ र रविन मिया रहेका छन् । विसं २०७५ फागुन ७ देखी ९ गतेसम्म चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित त्रिशूली नदीमा भएको तेस्रो राष्ट्रिय र्‍याफटिङ च्याम्पियनसीपमा विजेता भएको थियो ।

र्‍याफ्टिङ वल्र्डकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
र्‍याफटिङ खेलाडीलाई सहयोग हस्तान्तरण

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!