लकडाउन बढाउने उच्चस्तरीय समितिको निष्कर्ष : मन्त्रिपरिषद्ले दिन तोक्ने

29 March, 2020 19:28 | राजनीति | comments | 37500 Views

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमण रोक्न नेपालमा गरिएको एकहप्ते लकडाउन अरु बढ्ने भैएको छ । सरकारले लकडाउनको अवधि लम्ब्याउने भएको छ ।

यसअघि सरकारले चैत १० गतेदेखि चैत १८ गते विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । आइतबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउनको अवधि थप गर्नुपर्ने निश्कर्ष निकाले कति दिन भन्ने टुंगो लगाएको छैन ।

  

बैठकमा सहभागी एक मन्त्रीका अनुसार लकडाउन लम्ब्याउनुपर्छ भन्ने छलफल भएको र कति दिन भन्ने मन्त्रिपरिषदले निर्णय गर्छ । मन्त्रिपरिषद बैठक आइतबार नै बस्नेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More