लगनशील भए घटनाको अनुसन्धानमा सफलता
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिम्मेवारीप्रति लगनशील भई कार्य गरेमा हरेक घटनाको अनुसन्धानमा प्रहरीलाई सफलता मिल्ने बताउनुभएको छ ।
महानगरीय प्रहरी दिवस २०७६ का अवसरमा राजधानीमा आयोजित समारोहमा उहाँले प्रहरी कर्मचारीले पूर्ण व्यावसायिकताका साथ जिम्मेवारी बहन गर्दै कार्यसम्पादन गरे नागरिकले सुरक्षाको पूर्ण अनुभूति प्राप्त गर्ने जिकिर गर्नुभयो ।
प्रहरी कर्मचारीलाई इमान्दार, निष्पक्ष, निडर र निर्भिकताका साथ कानून कार्यान्वयन गर्नेतर्फ अग्रसर हुन निर्देशन दिँदै उहाँले समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाइ समाजलाई भयरहित बनाउनु प्रहरीको जिम्मेवारी भएको बताउनुभयो ।
स्थानीय तह तथा समाजका सबै वर्गसँग सहकार्य गर्दै अगाडि बढ्न र आपराधिक गतिविधि नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमले महत्वपूर्ण योगदान पुगेको उहाँले बताउनुभयो । समारोहमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण सहयोगी र फलदायी रहेको समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीअन्तर्गत रही उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो । उक्त अवसरमा पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह राना, ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र नागरिक समाजकातर्फबाट प्रा डा वासुदेव त्रिपाठीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- दशौं सागमा स्वर्णपदक विजेता कमल जुत्ताका कारण काँस्यमा सीमित
- गौरिकाले जितिन् दोस्रो स्वर्ण- व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने पहिलो खेलाडी
- गोली लोड रहेको पेस्तोल सहित लाखौंका अवैध सामान बरामद
- तेह्रौँ साग : क्रिकेटमा पुरुष टोली विजयी महिला टोली पराजित
- शालिग्राम सङ्ग्रहालय
- सिद्धबाबालाई सात दिन म्याद थप- अस्पतालमै हिरासतकक्ष बनाएर बयान लिइने
- कुलमानलाई एक लाख रुपैयाँ राशिको नाष्ट प्रविधि पुरस्कार
- गल्फमा नेपाललाई दुई स्वर्ण- पाँच हजार मिटर दौडमा गोपीचन्द्रले दिलाए स्वर्ण
- शनिबार साग म्याराथन मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन अनुरोध
- टोकियोमा नेपाली विद्यार्थी सुरज मल्लको निधन
- सङ्घीयताको कार्यान्वयनमा तीनै तहको समन्वय आवश्यक
- आजबाट बक्सिङ, स्क्वास, फेन्सिङ र कुस्तीका खेल हुँदै, कुन खेल कहाँ ?
- मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी
- होटल, रेष्टुराँमा बाल श्रमिक र न्यून ज्लालाका समस्या यथावत
- शिक्षा क्षेत्रमा राजनीतित नगर्न पूर्व राष्ट्रपति डा. यादवको आग्रह
- सिद्धबाबामाथिको आरोप : फसाउने षड्यन्त्रका सनसनीपूर्ण तथ्य
- ‘आफ्ना सन्ततिका लागि जलवायु परिवर्तन समस्या हल गर’
- आजको राशिफल– २०७६ मंसिर २० गते शुक्रबार
- ५८ स्वर्णसहित भारत अग्र स्थानमा- ३६ स्वर्णसहित नेपाल दोस्रो
- सरकारको आगामी अभियान : पर्यटनका लागि एक दशक
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


