ललितपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

22 October, 2019 22:39 |जन सरोकार | comments | 4650 Views

    ललितपुरमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ चुनिखेलमा बा२ख ५००९ नंको बसले स्थानीयवासी नवीन घिमिरेलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

    adsads

    महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईका अनुसार गाडीले बसले ब्रेक लगाउँदा घिमिरे ढोकाबाट खसेका थिए । चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

    मंगलबारै ललितपुर महानगरपालिका–८ ग्वार्कोमा बा४ख ९०५५ नंको ट्रकले ठक्कर दिँदा इमाडोल बस्दै आएका सिन्धुपाल्चोकको गोल्छेका ४० वर्षीय राजकुमार तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते पैदलयात्री तामाङको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!