लाओसमा पर्यटक बस दुर्घटना : १३ चिनियाँ पर्यटकको मृत्यु

20 August, 2019 15:17 |विश्व समाचार | comments | 11700 Views

     

    लाओसमा पर्यटक चढेको बस सोमबार अबेर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जना चिनियाँ पर्यटकको मृत्यु हुनुका साथै अरु एक दर्जन घाइते भएका छन् । स्थानीय एक प्रहरी अधिकारीका अनुसार उक्त बस सडकबाट चिप्लिएर करिब ३० मिटर गहिरो खोल्सोमा झरेको थियो ।

    adsads

    उक्त बस पर्यटकीय नगर लुआङ प्रबाङतर्फ ४० जनाभन्दा बढी पर्यटक लिएर गइरहेको थियो । प्रहरी अधिकारी झायाफोन चिताभोङले १३ जनाको मृत्यु भएको र अरु दुई जना अझै हराइरहेको जानकारी दिनुभयो । उहाँले ब्रेकले काम नगरेका कारण बस दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताउनुभयो ।

    घाइते ३१ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । लाओस, थाइल्यान्ड, कम्बोडिया र म्यान्मारमा सवारी दुर्घटना सामान्यजस्तै हुने गरेका छन् । लाओसमा पछिल्ला वर्षहरुमा पर्यटकको आवागमन बाक्लिदै गएको छ । भियतनाम टाइम्सका अनुसार सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा चिनियाँ पर्यटकको संख्या १३ प्रतिशतले वृद्धि भएको छ ।

    जापानमा पर्यटक बस दुर्घटना १४ को मृत्यु, ३० घाइते

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    गौतम बुद्ध विमानस्थल

    फेसबुक

    गौतम बुद्ध विमानस्थल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!