गण्डकी प्रदेशका उपसभामुख सृजना शर्मा गण्डकी प्रदेशका उपसभामुख सृजना शर्मा

  • गण्डकी प्रदेशका उपसभामुख सृजना शर्मा
  • गण्डकी प्रदेशका उपसभामुख सृजना शर्मा
  • गण्डकी प्रदेशका उपसभामुख सृजना शर्मा
  • गण्डकी प्रदेशका उपसभामुख सृजना शर्मा
  • गण्डकी प्रदेशका उपसभामुख सृजना शर्मा

‘लागुऔषधको कुलतमा फस्नै दिनु हुन्न’

11 May, 2019 00:20 | जन सरोकार | comments | 22800 Views

गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले लागुऔषध सेवनकर्तालाई सुधार्नुभन्दा कुलतमा फस्नै नदिनतर्फ लाग्नुपर्ने बताउनु भएको छ ।पोखरा–१७ मा लागुऔषधजन्य नियन्त्रण महाअभियान समितिद्वारा शुक्रबार आयोजित सचेतनामूलक अभिभावक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले लागुऔषध नियन्त्रणका लागि अभिभावक, सुरक्षा निकाय र जनप्रतिनिधि जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

लागुपदार्थ ओसारपसार र सेवन गर्ने दुवै पक्षलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उहाँले कुलतमा लाग्ने प्रत्येक व्यक्तिलाई घरघरबाट समयमै सुधार्नतर्पm लाग्नुपर्ने धारणा राख्नुभयो । नेपाल प्रहरीका विद्यनभर त्रिपाठी, क्युनिटी सपोर्ट ग्रुपका प्रतिनिधि दिलीप गुरुङ, शिव न्यौपाने र नौलो घुम्तीका कार्यक्रम संयोजक ओम कृष्ण गुरुङले प्रशिक्षण दिनुभएको थियो ।

वडा नं १७ का वडाध्यक्ष तीर्थ अधिकारी, वडा सदस्य एवम् कार्यक्रम संयोजक शान्ता गुरुङ, नेकपाका प्रदेश सदस्य मनुमाया खत्री, सुभाष ढुङ्गाना, महाप्रसाद सुवेदी, ज्ञानु सुवेदी लगायतले लागुऔषध नियन्त्रणमा तल्लो तहबाटै लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
गण्डकी प्रदेशका उपसभामुख सृजना शर्मा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More