पक्राउपक्राउ

  • पक्राउ
  • पक्राउ
  • पक्राउ
  • पक्राउ

लागुऔषधसहित तीन युवक पक्राउ

11 November, 2019 14:26 |जन सरोकार | comments | 5850 Views

    पक्राउ

    प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  लागुऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट मोरङको मिक्लाजुङ गाउँपालिका– ७ निवासी १८ वर्षीय रोशन खड्का, सोही ठाउँका ३० वर्षीय गोविन्द नेपाल र भारतको जिल्ला मधुवनी थना लौकाहा खुटौना फूलपरास निवासी १८ वर्षीय मोहम्मद रियाजलाई पक्राउ गरेको हो ।

    adsads

    प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले बिआर ३२ यू ४७९९ नंकोे मोटरसाइकललाई जाँच गर्दा तीनै जनाको साथबाट नाइट्रोभेट १४ पत्ता, स्पास्मो पाँच पत्ता र गाँजा १० ग्राम फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

    अदालतबाट सजाय पाएर फरार एक पक्राउ
    बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक युवकलाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ ।

    बहुविवाह मुद्दामा जिल्ला अदालत सिरहाबाट ११ महिना २० दिनको कैद सजाय पाएर फरार सिरहाको भगवानपुर गाउँपालिका– २ नहरा निवासी ३५ वर्षीय रामविलास साहलाई प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको गस्ती टोलीले साहलाई घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा बुझाइने प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

    लागुऔषधसहित चार युवक पक्राउ

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    पक्राउ

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More