लागुऔषध कारोवारी भारतीय नागरिकसहित दुईजनालाई कैद

8 August, 2020 15:49 | जन सरोकार | comments | 21000 Views

मकवानपुर जिल्ला अदालत हेटौँडाले प्रतिबन्धित लागुऔषधका कारोवार तथा बिक्री वितरण गर्ने एकजना भारतीय नागरिकसहित दुई जनालाई कैद र दण्डसजाय फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले भारतको विहार राज्यको मोतिहारीका १८ वर्षीय जाकेर आलम तथा रौतहटका चन्द्रपुर नगरपालिका–६ का २० वर्षीय आशनारायण यादवलाई जनही दुई वर्ष कैद सजाय र रु एक लाख रकम दण्ड गर्ने फैसला गरेको छ ।

ती दुवै अभियुक्तलाई मकवानपुर प्रहरीले गत असोज ७ गते ना३३प २६१० नंको मोटरसाइकलमा वीरगञ्जबाट हेटाँैडातर्फ आउँदै गरेको अवस्थामा लागुऔषध नाइट्रोजन १६५ वटा प्याकेटसहित प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालतमा बुझाइएको थियो ।

  

मोटरसाइकलधनीलाई झुक्याएर अन्य कामको प्रयोगका लागि मोटरसाइकल लिएर हेटौँडातर्फ आएको हुँदा उक्त मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता दिने गरी फैसला भएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More