लामिछाने, कँडेल र अस्मिता कार्कीबिरुद्ध शालिकरामकी श्रीमतीको किटानी जाहेरी

18 August, 2019 20:27 |जन सरोकार | comments | 44250 Views

    पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा जिम्मेवार ठहर्याउँदै पुडासैनीको परिवारले आइतबार किटानी जाहेरी दिएका छन् ।

    शालिकरामकी श्रीमतीले किटानीमा आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेकी छन् ।

    adsads

    रवि लामिछानेको पक्षमा प्रदर्शन गर्ने पाँचजना पक्राउ

    शालिकरामकी श्रीमतीसहित परिवारका सदस्य काठमाडौं प्रहरी परिसर, टेकुमा उपस्थित भएर जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएका हुन् । प्रहरी अधिकृतका अनुसार, २२ साउनमा मृत भेटिएपछि बरामद भएको भिडियोमा नाम उल्लेख भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछाने, न्यूज २४ टीभीका युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध किटानी परेको छ ।

    काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले परिवारको जाहेरी प्राप्त भएको र शिलबन्दी गरेर चितवन पठाउने तयारी गरिरहेको बताउनुभएको छ ।

    प्रहरीले जाहेरीविनै ३० साउनमा लामिछाने र कँडेललाई पानिपोखरीस्थित टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको थियो भने कार्कीलाई कलंकीबाट पक्राउ गरिएको थियो । अनुसन्धानलाई प्रभावित पार्न सक्ने देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी दाबी छ ।

    पत्रकार पुडासैनी आत्महत्या प्रकरण- रवी लामिछाने र युवराज कँडेल पक्राउ

    लामिछानेको पक्षमा उत्रिएको जमात कुनै नेताका लागि किन भएनन ?

    रवी लामिछानेको पक्षमा चितवनमा उर्लियो मानव सागर (भिडियोसहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More