लामो खोज पश्चात सानो ‘प्रेम’को ‘गीत’संग भेट भयो- अनुभव रेग्मी, सम्बृद्धि शाही ठकुरी

16 July, 2019 20:01 | कला/मनोरन्जन , कलिउड | comments | 79800 Views

यस बर्षको बहुप्रतिष्ठित प्रतिक्षारत नेपाली कथानक चलचित्र प्रेमगीत ३ मा बाल कलाकार प्रेमको रोलमा अनुभव रेग्मीलाई अनुबन्धित गरिसकेको निर्माण पक्षले गीतको रोलमा लामो खोज तथा अनुसन्धान पश्चात सम्बृद्धि शाही ठकुरीलाई अनुबन्ध गरेको छ ।

चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै सो कुराको जानकारी गराएका छन् ।

adsads

सिनेमा टिमले फोटो सुट गर्दे बालकलाकारको जोडी सार्वजनिक गरेको छ । कथामा सुहाउँदो भएकोले बाल कलाकारमा एउटा सम्भावना बोकेकी नयाँ बाल कलाकारको जन्म भएकोमा निर्देशक छेतेन गुरुङ तथा निर्देशक निर्माता सन्तोष सेनले खुशी व्यक्त गर्दै चलचित्र प्रेमगीत ३ लाई दर्शकले चाहे अनुसारको बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

अब प्रेमगीत३ का लागी सम्पूर्ण कलाकार तय भएको छ । यो सिनेमामा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, प्रदीप खडका, मनिष रावत, पुष्कर कार्की, प्रेम पुरी, नव नायिका कृष्टिना गुरुङ बालकलाकार अनुभव रेग्मी सहितको अभिनय रहने छ ।

प्रेमगीत ३ सिनेमा नयाँ बर्षको शुरुवात २०७६ चैत्र २८ गते रिलिज गर्ने यस अघि नै घोषणा गरिसकोको छ । औपचारिक घोषणाबिनै यतिधेरै चर्चाको शिखरमा पुगेको नेपाली सिनेमा क्षेत्रको सम्भवतः पहिलो सिनेमा मानिएको छ ।

चलचित्र निर्माण टिमका अनुसार अब भने छिट्टै भब्य कार्यक्रम गरी सिनेमाको औपचारिक घोषणा गर्ने निर्माता सन्तोष सेनले बताएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!