लिपुलेक विवादमा राष्ट्रिय धारणा बनाउन सर्वपक्षीय बैठक आव्हान

8 November, 2019 22:00 |राजनीति | comments | 2100 Views

    भारतले लिपुलेक, लिम्पियाधरा सहित कालापानी क्षेत्रलाई आफ्नो नक्सामा पारेपछि काठमाडौंमा व्यापक बिरोध भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय परामर्श बैठक बोलाउनुभएको छ ।

    भोलि (शनिबार) अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुका साथमा राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिनुभएको छ ।

    adsads

    सीमा विवादका सम्बन्धमा राष्ट्रिय धारणा बन्नुपर्ने भन्दै सुझाव व्यक्त भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले यसै विषयमा परामर्श गर्न सर्वदलीय र विज्ञहरुको बैठक डाक्नुभएको हो ।

    भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखे सत्तारुढ तथा प्रमुख प्रतिपक्षी दलका विद्यार्थी संगठनहरुका साथमा जनस्तरमा विरोध भइरहेको छ । सरकारले एकपक्षीय नक्सा मान्य नहुने बताइसकेको छ । शुक्रबार मात्रै सत्तारुढ र विपक्षी दलका विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूताबास अगाडि बिरोध प्रदर्शन गर्नुका साथै भारतीय नक्सा जलाएका थिए ।

    नेपाल सरकारले नक्सा अमान्य रहेको बताएपछि भारतले त्यसको खण्डन गर्दै नेपाली भूमि भारतमा नपारेको दावी गरे पनि नेपालमा जनस्तरबाट विरोध जारी छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!