लिभरपुललिभरपुल

  • लिभरपुल
  • लिभरपुल
  • लिभरपुल
  • लिभरपुल
  • लिभरपुल
  • लिभरपुल

लिभरपुलको अपराजित यात्रा कायमै, म्यान्चेस्टर सिटी ३-१ ले पराजित

11 November, 2019 14:39 |खेल | comments | 5400 Views

    लिभरपुल

    इंग्लिस प्रिमियर लिगमा लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले साविक विजेता म्यान्चेस्टर सिटीमाथि ३-१को जित दर्ता गर्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो।

    adsads

    लिभरपुलको घरेलु मैदान एनफिल्ड रंगशालामा भएको खेलमा घरेलु टोलीले खेल सुरु भएको ६ मिनेटमै अग्रता लिएको थियो । उसका लागि फाविन्होले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत भयो ।

    त्यस्तै खेलको १३ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए । पहिलो हाफ २-० मा सकिएको खेलमा दोस्रो हाफको सुरुमै साडियो मानेले तेस्रो गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए । ३-० ले पछि परेपछि दवावमा परेको सिटीले खेलको ७८ औं मिनेटमा सर्जियो एग्यूरोको क्रसमा बर्नाडो शिल्भाले गोल गरे तर त्यो ढिलो भैसकेको थियो ।

    त्यसपछि कुनै टोलीबाट गोल भएन र लिभरपुलले सिटीमाथि ३-१ को सहज जित निकाल्यो । जितसंगै लिग लिडर लिभरपुलको १२ खेलबाट ३४ अंकमा रहदै शीर्ष स्थानमा ८ अंकको स्पष्ट अग्रतासमेत बनाएको छ । त्यस्तै समान खेलबाट लेस्टर सिटी दोस्रो र चेल्सी तेस्रो स्थानमा छन् । हारसंगै सिटीले भने अंकतालिकाको दोस्रो स्थानमा उक्लने अवसर पनि गुमायो । १२ खेलबाट सिटीको २५ अंक छ ।

    म्यानचेस्टर युनाइटेडद्वारा ब्राइटनमाथि ३-१ को सहज जित
    त्यस्तै हिजै भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि ३-१ को सहज जित निकालेको हो सहज जित हात पारेको छ ।

    युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा दिलाउन युनाइटेडको लागि अन्द्रियस पेरेरा र मार्कुस रासफोर्डले गोल गरे भने एक गोल भने डेभी प्रोपरले आत्मघाती गोल गर्दै उपहार गोल दिलाए ।

    ब्राइटनको लागि विस डन्कले सान्त्वना गोल गरेजितसँगै युनाइटेड १२ खेलबाट १६ अंक जोडेर सातौ स्थानमा रहेको छ । पराजित ब्राइटन १५ अंकसहित ११औं स्थानमा छ ।

    वल्भ्सद्वारा एस्टन भिल्लालाई २-१ ले पराजित
    यसैगरी आइतबार राति नै भएको अर्काे खेलमा वल्भ्सले एस्टन भिल्लालाई २-१ ले पराजित गरेको छ । वल्भ्स १६ अंकसहित आठौं तथा एस्टन भिल्ला ११ अंक जोडेर १७औं स्थानमा छ ।

    च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई : टोटनह्याम २-० ले पराजित (हाइलाइट्स )

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    लिभरपुल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More