लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन

11 November, 2019 19:47 |राजनीति | comments | 7350 Views

    भारतले कालापानी क्षेत्रको ३७२ वर्गकिलोमिटर आफ्नो नक्सामा समेटेपछि संघीय संसदको राज्य व्यवस्था समितिले सरकारलाई लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिएको छ ।

    सोमबार बसेको समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा उपस्थित भूमि व्यवस्थामन्त्री पदमा अर्यालले नेपालको हाल प्रयोगमा रहेको नक्सा त्रुटिपूर्ण रहेको स्वीकार गर्दै लिम्पियाधुराको काली नदी नै नेपाल भारत सीमाना भएको बताउनुभएको थियो ।

    adsads

    बैठकमा समितिका सभापति शशी श्रेष्ठले वर्तमान नक्सा त्रुटिपूर्ण छ, त्यसलाई सरकारले पनि स्वीकार गरेको हुँदाा लिम्पयाधुराको काली (स्थानीय भाषामा कुटीयांदी) नदीलाई सीमा मानेर नयाँ नक्सा सार्वजजिक गर्न दिर्नेशन दिएको बताउनुभयो । त्यस्तै नयाँ नक्सा अनुसार पाठ्यक्रमहरुमा सुधार गर्न समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

    त्यसै गरी राज्य व्यवस्था समितिले भारतीय अतिक्रमणविरुद्ध एकजुट भएर अगाडि बढ्न अपील गरेको छ भने आम नेपालीहरु एकतावद्ध भई भारतीय अतिक्रमणको विरोध गरिरहेको बेला नेपाल भारतबीच रहेका अन्य स्थानका सीमा विवाद समाधान गर्न तत्काल पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More