लुक्‍लामा अलपत्र यात्रु लिएर फर्केका चार हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरणलुक्‍लामा अलपत्र यात्रु लिएर फर्केका चार हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरण

  • लुक्‍लामा अलपत्र यात्रु लिएर फर्केका चार हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरण

लुक्‍लाबाट अलपत्र यात्रु लिएर फर्केका चार हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरण

17 September, 2019 14:43 |कर्पोरेट/पर्यटन | comments | 6900 Views

    लुक्‍लामा अलपत्र यात्रु लिएर फर्केका चार हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरण

    मौसमको खराबीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित जोरपाटी र होक्सेमा आज बिहान चार हेलिकोप्टर आकस्मिकरूपमा अवतरण गरिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयराज सापकोटाका अनुसार आज बिहान करीब ७ः०० बजेतिर नगरपालिकाका वडा नं २ हर्से र वडा नं १ र २ को सिमाना जोरपाटीमा सिम्रिक एयरका दुई हेलिकप्टर र मनाङ एयरको एक, कैलाश एयरको एक हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।

    adsads

    प्रहरीका अनुसार लुक्ला विमानस्थलबाट काठमाडौँका लागि उडेका हेलिकोप्टर मौसम खराब भएपछि आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ । वडा नं २ का वडाध्यक्ष हरि खतिवडाका अनुसार वडा नं १ र २ आसपासमा अवरतण गरिएका चार हेलिकोप्टरमा १८ यात्रुमध्ये १६ विदेशी र दुई नेपाली रहेका छन् । उहाँका अनुसार यात्रुहरुसँग गरिएको कुराकानीका आधारमा लुक्लाबाट काठमाडौँका लागि उडेका हेलिकोप्टरमध्ये दुई काठमाडौँ अवतरण गरिसकेका र चार पाँचखालमा अवतरण गरिएको हो । अवतरण गरिएका हेलिकोप्टरका पर्यटक सबै सकुशल रहेका प्रहरीले जनाएको छ ।

    जोरपाटी र हर्सेमा अवतरण गरिएका हेलिकोप्टरमध्ये दुईका चालक दल नेपाली र दुईका विदेशी रहेका वडाध्यक्ष खतिवडाले बताउनुभयो । हेलिकोप्टर धानखेतमा अवतरण गरिएको छ । अहिले पनि पानी परिरहेको र कुहिराले ढोकिएको अवस्थामा रहेको खतिवडाले बताउनुभयो । हिजोदेखि परिरहेको अविरल वर्षाका कारण अहिले पनि जिल्लाका विभिन्न स्थानमा बादलले ढाकेर आकाश धुम्म भइरहेको छ ।

    मौसम प्रतिकुलताका कारण राष्ट्रियसभा अध्यक्ष चढेको हेलिकप्टरको आकस्मिक अवतरण

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    लुक्‍लामा अलपत्र यात्रु लिएर फर्केका चार हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरण

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!