लुम्बिनी विकास कोषमा अख्तियारको छापा

9 January, 2016 09:32 | जन सरोकार | comments | 44850 Views

लुम्बिनी विकास कोषको प्रधान कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर विभिन्न कागजपत्र नियन्त्रणमा लिएको छ ।

कोषभित्र भ्रष्टाचार मौलाएको आशङ्कामा केही दिनदेखि कोषको विषयमा अन्तरिक अनुसन्धान गरिरहेको अख्तियारको बुटवल सम्पर्क कार्यालयले कोषमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको जनाएको छ ।

तराईमा जारी आन्दोलनका कारण सार्वजनिक यातायात तथा चारपाङ्ग्रे सवारी साधन चल्न नसके पछि अख्तियारको टोली मोटरसाइकल प्रयोग गरेर लुम्बिनीसम्म पुगेर कोषको लेखा तथा विकास निर्माण एवम् ठेक्कासम्बन्धी कागजात नियन्त्रणमा लिएको आयोगका बुटवल कार्यालय प्रमुख उमेशराज जोशीले राससलाई बताउनुभयो ।

  

अख्तियारको टोली पटकपटक जाँदा कर्मचारीले कार्यालयमा ताल्चा लगाएर आन्दोलनमा उत्रिएका कारण कागजपत्र लिनमा कठिनाइ भइरहेको थियो । आज कोष कार्यालयको ताल्चा खुल्ला भएको सूचना पाएपछि अख्तियारले छापा मारेको प्रमुख जोशीले जानकारी दिनुभयो ।

कोषमा भ्रष्टाचार भएको आशङ्कामा पाँच बोराजति कागजपत्र नियन्त्रणमा लिइएको जोशीले बताउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More