लुम्बिनी विश्वकै सम्पदा हो- मुख्यमन्त्री पोखरेल

17 May, 2019 18:58 |कर्पोरेट/पर्यटन | comments | 13050 Views

    लुम्बिनी भ्रमण वर्षको सन्दर्भमा नेपाल फोटो पत्रकार महासङ्घले शुक्रबारदेखि लुम्बिनीमा फोटो प्रदर्शनी शुरु गरेको छ । तीन दिनसम्म सञ्चालन हुने फोटो प्रदर्शनीमा प्रदेश नं ५ मा खिचिएका अधिकांश फोटो प्रदर्शन गरिएको छ ।

    adsads

    सो अवसरमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी भ्रमण वर्षको आरम्भले लुम्बिनीलाई स्थापित गराउन भूमिका निर्वाह गर्ने उल्लेख गर्दै लुम्बिनी विश्व कै सम्पदा हो भन्नुभयो ।

    उहाँले आन्तरिक पर्यटक भित्र्याएर लुम्बिनीको विकास गरिने बताउँदै लुम्बिनी गुरुयोजना सम्पन्न गर्ने प्रक्रियामा रहेको बताउनुभयो । “यहाँको संस्कृति र परम्परासँग लुम्बिनीको विकास जोडिएको छ”, उहाँले भन्नुभयो ।

    लुम्बिनी आसपासमा बुद्धकालीन सभ्यतासँग सम्बन्धित १० स्थान रहेको र त्यसमा पनि सबैभन्दा बढी कपिलवस्तुमा रहेको जानकारी दिँदै मुख्यमन्त्री पोखरेलले तिलौराकोट उत्खननको काम पनि अघि बढेको जानकारी दिनुभयो ।

    उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, नेपाल पत्रकार महासङ्घ, प्रदेश नं ५ का उपाध्यक्ष भरत केसीलगायतले लुम्बिनीको विकासमा फोटो पत्रकारको भूमिका प्रशंसनीय भएको बताउनुभयो ।

    बुद्धकालीन सभ्यतासँग सम्बन्धित कपिलवस्तुका गोटिहवा, निग्लीहवा, सिसहनीया, कुदान, रुपन्देहीको सैनामैना, बुटवल, देवदह, रामग्रामलगायतका स्थान पर्दछ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!