लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट

26 January, 2021 17:35 | राजनीति | comments | 19200 Views

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताउनुभएको छ । पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई आइतबार चितवनमा श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा कुँवरबाट प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

पार्टी एकताका निम्ति उहाँहरु जस्ता अभिभावकको ठूलो प्रेरणा आफूहरुलाई प्राप्त भएको जनाउँदै उहाँले भन्नुभयो, “अहिले जो दुर्घटना जस्तो स्थिति देखापरेको छ, यो स्थितिको सामना गर्नका लागि पनि उहाँको हिजोको शिक्षा, योगदान, त्याग, तपस्या सधैंँै प्रेरणाका रुपमा आन्दोलनमा रहिरहन्छन् ।”

  

अहिले नेपालका कम्युनिष्ट र राजनीतिक आन्दोलनमा ऐतिहासिक मोड आएको जनाउँदै उहाँले गम्भीर धक्का जस्तो लागेका बेलामा कुँवरको निधनमा भएको शोकलाई शक्तिलाई बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दाहालले विसं २०३३ मा गोरखाको आरुघाटमा आफू शिक्षक भएका बेला कुँवरसँग चौथो महाधिवेशन ९चौम० पार्टीको सदस्यता लिएको लिनुभएको थियो । सदस्यता लिएपछि निरन्तर आफूलाई अघि बढाउनमा उहाँको ठूलो योगदान रहेको जनाउँदै पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो “कम्युनिष्ट आन्दोलनका अभिभावकका रुपमा र आफ्नै अभिभावकका रुपमा मेरो जीवनमा उहाँको योगदानका कारणले म अहिले योे ठाउँमा आइपुगेको हुँ ।”

यसअघि अध्यक्ष दाहाल र माधवकुमार नेपालद्वारा संयुक्त रुपमा जारी गरिएको शोक वक्तव्य वाचन गरिएको थियो । अध्यक्ष दाहाल कुँवरको पार्थिव शरीरमा माल्यार्पणपछि भरतपुरबाट शव बोकेर देवघाटतर्फ प्रस्थान गर्नुभएको थियो । अध्यक्ष दाहाल गृह जिल्ला आउँदा सधैंँजसो कुँवरलाई भेट्ने गर्नुहुन्थ्यो ।

कुँवरको सोमबार देवघाटमा अन्त्येष्टि गरिंँदै छ । विसं १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नम्बर ७ मा जन्मिनुभएका कुँवरको आज बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ हाल भरतपुर महानगरपालिका वडा नं १० मा बस्दै आउनुभएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

वरिष्ठ नेता रामचन्द्र पौडेल

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More