लोक सेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन- विज्ञापन जायज भएको मन्त्रीको दावी

10 June, 2019 16:52 |राजनीति | comments | 14250 Views

    लोक सेवा आयोगले स्थानीय तहका लागि ९ हजार बढी कर्मचारी माग्दै गरेको विज्ञापनको चौतर्फी बिरोध भैरहेका बेला संसदको राज्य व्यवस्था समितिले त्यसलाई रद्द गर्न निर्देशन दिएको छ।

    सोमबार बसेको समिति बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसंगको छलफलपछि एकमतले विज्ञापन रद्द गर्न निर्देशन दिने निर्णय गरेको हो ।

    adsads

    यसअघि समितिको बैठकमा बोल्दै सत्तारूढ दलकै सांसदहरूले लोक सेवाको विज्ञापन समावेशिताको मर्मविपरित भएको भन्दै रद्द गर्नुपर्ने माग गरेका थिए ।

    नेकपाका सांसद जनार्दन शर्माले संविधान भएको समावेशिताको मर्मविपरित विज्ञापन भएको बताउँदै संविधानको रक्षा हामीले नगरे कसले गर्ने हो, हाम्रै कामबाट समावेशिता हराउने अवस्था आयो भने हामीले जनतालाई के जवाफ दिने भन्दै बिरोध गर्नुभयो ।

    त्यस्तै नेकपाकै सांसद पम्फा भुषालले एक जनामात्र कर्मचारी राख्दा पनि सबै कुरा ख्याल गर्नुपर्नेमा हजारौं कर्मचारी असमावेशी रूपमा भर्ना गर्न नहुने बताउनुभयो भने सत्तारूढ दल समाजवादी पार्टीका सांसद रामसाय प्रसाद यादवले आयोगको विज्ञापन संघीयताको मर्मविपरित भएको बताउनुभयो ।

    सांसदहरूका प्रश्नको जवाफ दिँदै मन्त्री पण्डितले संघीय निजामती ऐन बनिनसकेकाले तत्कालको आवश्यकता पूरा गर्न विज्ञापन गरिएको बताउनभएको थियो ।

    मन्त्री पण्डितले संविधान आफैं हिँड्दैन। त्यसका लागि ऐन कानुन चाहिन्छन् । ती ऐनकानुन नबनेको तर स्थानीय तहमा कर्मचारीको अभाव भएकाले ग्याप पूरा गर्न विज्ञापन गरिएको र त्यो जायज भएको दावी गर्नुभएको थियो ।

    लोकसेवा आयोगको विज्ञापनमाथि खनिए सांसद

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!