वडा कार्यालयहरुमा चोरी गर्ने र विक्री गर्ने मालसामानसहित पक्राउ

14 August, 2019 17:42 |जन सरोकार | comments | 15900 Views

    विगत केही महिनादेखि पोखरा महानगरपालिकाका बिभिन्न ११ वडा कार्यालयहरुमा चोरीका घटनामा संलग्न किशोर थापा पक्राउ परेका छन् । त्यसै गरी प्रहरीले चोरीका सामान विक्री गर्ने रुपचन्द्र गोपालीलाई पनि पक्राउ गरेको छ ।

    adsads

    प्रहरी टोलीले पोखरा महानगरपालिकाका विभिन्न वडा कार्यालयहरुमा रहेका कम्प्युटर, ल्यापटप लगायतका सामानहरु चोरी गर्ने काठमाण्डौ महानगरपालिका ११ घर भई हाल पोखरा १० कालिकाचोक स्थित डेरा गरी बस्ने ५१ वर्षीय किशोर थापा र विक्री वितरण गर्ने जिल्ला मकवानपुर थाहा नगरपालिका १२ घर भई हाल काठमाण्डौ महानगरपालिका १४ कलंकीमा कम्प्यूटर सोलुसन पसलका सञ्चालक ३६ वर्षीय रुपचन्द्र गोपाली गरी दुई जनालार्इ पक्राउ गरेको हो ।

    साउन २६ गते प्रहरीको टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका ०६ शहिदचोक स्थित किशोर थापालाई शंका लागि पक्राउ गरी सोधपुछ गर्दा निजले नै उक्त सामानहरु चोरी गरेको र काठमाण्डौमा लगि विक्रि वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको र विक्री वितरण कार्यमा संलग्न कम्प्यूटर सोलुसनका सञ्चालक रुपचन्द्र गोपालीलाई चोरी भएका सामानहरु सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।

    यसै क्रममा किशोर थापाको डेरा कोठाबाट प्रहरीले ल्यापटप, क्यामेरा, चोरी कार्यमा प्रयोग गरिने विभिन्न औजार साथै लागू औषध ब्राउन सुगर २।३६ ग्राम बरामद गरेको छ । साथै कम्प्यूटर सोलुसनका सञ्चालक रुपचन्द्र गोपालीको पसलबाट प्रहरीले १७ थान मोनिटर, ९ थान सिपियू र ३ थान ल्यापटप समेत बरामद गरी दुवै जना उपर थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More